खोजखबर

पढ्ने पढाउने सबै दलित

सौर्य अनलाइन २०६८ फागुन ७ गते ४:४५ मा प्रकाशित

त्रिभुवन पौडेल
पोखरा, ६ फागुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन नेपाली । शिक्षक अभिभावक सङ्घका अध्यक्ष झलकबहादुर नेपाली । प्रधानाध्यापक छन् बुद्धिबहादुर मिजार । विद्यालयमा पढ्छन् दुई सय १५ जना विद्यार्थी । ती पनि सबै दलित ।
कास्कीको घाचोक गाविसको जनजागरण नमुना सामुदायिक विद्यालयको चित्रण हो यो । जुन दलितका लागि मात्र खोलिएको भने होइन । जहाा शिक्षक सबै दलित छन् र पढाउाछन् निःशुल्क । विद्यार्थी पनि दलित मात्रै छन् र पढ्छन् अङ्ग्रेजी माध्यममा । उनीहरूले कुनै शुल्क पनि तिर्नुपर्दैन । त्यति मात्रै कहाा हो र ? विद्यालय व्यवस्थापन समितिमा पदाधिकारी पनि दलित नै छन् । जिल्ला शिक्षा कार्यालय कास्कीबाट कक्षा एकसम्मको स्वीकृति पाए पनि विद्यालयमा सात कक्षासम्मको पढाइ अङ्ग्रेजी माध्यममा हुन्छ ।
विद्यार्थी बिहानै सातबजे स्कुल पुग्छन् । दस बजे खाना खाने छुट्टी  । चार कक्षा मुनिकाले विद्यालयमै खाजा लैजान्छन् । कक्षा पााचदेखिकालाई दिउासो आधा घन्टा खाजा खाने छुट्टी । त्यसपछिको कक्षा सााझ ६ बजेसम्म । डे होस्टलजस्तै पो छ विद्यालय ।
दलित समुदायमा सफलताको दृष्टान्त बनेको विद्यालय कसरी चलेको छ त ? प्रधानाध्यापक मिजारले सुनाए, ‘आाट गर्‍यौा, पुरा भयो ।’ उनले थपे, ‘०६५ सालको अन्त्यमा सोच्यौा । स्थानीय १२ परिवारले जग्गा दिए । एक सय ५० परिवार प्रत्येकले एक हजार रुपैयाा बराबरको श्रमदान गरे । ५ साउन २०६६ देखि पााच कक्षासम्मको पढाइ सुरु भयो ।’
घाचोकमा दलित ३३ प्रतिशत छन् । अझ ६ र ८ नम्बर वडामा नब्बे प्रतिशत । ‘धनी, साभ्रान्त र उच्च जातकाले मात्रै हैन, उत्पीडितका छोराछोरीले पनि बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने सोचले अघि बढ्दा सफल दलित विद्यालय पो बन्यो,’ प्रधानाध्यापक मिजारले भने ।
विद्यालयमा पााच शिक्षिका र चार शिक्षकले निःशुल्क पढाइरहेहका छन् । स्थानीय जनजागरण विकास केन्द्रले देउसी, भैलोसहितका कार्यक्रम गरेर जुटाएको पैसाले पाठ्यपुस्तक किनिएका छन् । गत असारदेखि कास्की जिल्ला शिक्षा कार्यालयले सरकारी विद्यालयको मान्यता दिएको छ । दस कोठाको विद्यालय भवन बनाएर उच्च मावि बनाउने सोच छ, व्यवस्थापन समितिको ।
उसो त, अध्यक्ष नेपाली आर्थिक स्रोतका कारण विद्यालयको भविष्यप्रति चिन्तित पनि छन् । ‘अहिले त जसोतसो चलाएका छौा,’ उनले भने, ‘सधाै सित्तैमा पढाइदेऊ भन्दा पनि कहाा मान्लान् र ? अहिलेसम्म विद्यालयले स्थानीय अभिभावक बाहेक अरूको सहयोग पाएको छैन । जिल्ला शिक्षा कार्यालयले बालविकास कार्यक्रम भनेर मासिक एक हजार आठ सय रुपैयाा सहयोग दिन्छ । विद्यालयकी शिक्षिका चित्रलेखा श्रेष्ठ सुरुमा नेपाली शिक्षक नपाइएपछि निःशुल्क पढाउन राजी भएको सुनाउाछिन् र अहिलेसम्म सन्तुष्ट पनि छिन् । उनले भनिन्, ‘सधाै यसरी पढाउन त गाह्रै हुन्छ होला, यत्तिका विद्यार्थी पढ्ने विद्यालयलाई सरकारले पनि हेर्नुपर्ने हो ।’ शैक्षिक क्रियाकलाप बाहेक गायन र नृत्यका प्रतिभा जन्माउने ध्याउन्नमा पनि विद्यालय लागेको छ ।
दलित पहलको सफल उदाहरण बनेको विद्यालय दलितलाई मात्र हो र ? प्रधानाध्यापक मिजार यस प्रश्नको जवाफ दिादादिादा हैरान भइसके । उनले भने, ‘यो त खुल्ला विद्यालय हो, अरू आउादैनन् त हामी के गनु, आए भने सधैा सबैलाई स्वागत छ ।’

प्रतिक्रिया