मत-विमत

पारिजातको राष्ट्र, खोज र स्वतन्त्र अस्मिता

सौर्य अनलाइन २०६८ फागुन १३ गते २:३४ मा प्रकाशित

नेसन पर्सोनाइन पारिजात (२०११) शीर्षक किताब डा. सिमन गौतमको अङ्ग्रेजीमा लेखिएको समीक्षात्मक कृति हो । यो केही समयपहिला काठमाडौमा प्राध्यापक मोहन लोहनीद्वारा विमोचन गरिएको थियो । यसकी प्रकाशिका बिन्दु पोखरेलले यो किताव प्रकाशनका सन्दर्भहरूको उल्लेख गरेअनुसार गौतमको पारिजातसँगको विद्यार्थी अवस्थादेखिकै पहिचान र अन्तरङ्ग भाइको सम्बन्ध थियो । त्यसबेला नेपाली समीक्षकहरू डा. ज्ञानु पाण्डे र डा. लक्ष्मण गौतमले पारिजातमाथि लेखिएको यो किताबले उठाएका तर्कहरूको समर्थनमा व्याख्याहरू गरेका थिए । साहित्य अध्ययन गर्ने र जीवन र जगत्लाई हेर्ने प्रेरणा आपृ्mले पारिजातसँग पाएको कुरा लेखकले पनि त्यस अवसरमा खुलाएका थिए । उनले यो अनुभृ्ति र स्मृतिलाई लिएर केही सार्थक अध्ययन गर्ने चाहना राखेका थिए । त्यसै सिलसिलामा उनले आपृ्m अङ्ग्रेजी साहित्यका विद्यार्थी भएकाले अङ्ग्रेजी उपन्यासकार भर्जिनिया उल्फसँग पारिजातको तुलनात्मक अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने योजना गरेका थिए । केही वर्षअघिको कुरा हो । गौतमको शोधनिर्देशक भएकाले मैले उनको व्यापक अध्ययन, पारिजातसँगका सम्बन्धका अनेकौँ आयाम अनि पारिजातको जीवनमा पुरुष र महिला मित्रहरूका जमघट र सम्पर्क, पारिजातका पीडा,  खुसीका क्षणहरू अनि उनको भौतिक र मानसिक अवस्थाबारे परिचित हुने अवसर पाएको थिएँ । शान्त स्वभावका यी प्रतिभाशाली र शालीन व्यक्तिको पारिजातप्रतिको स्नेह र श्रद्घा अनि सबभन्दा ठृ्लो कुरा पारिजातप्रतिको संवेदनशीलतासँग परिचित हुनु मेरा निम्ति एउटा महत्वपृ्र्ण अनुभव थियो ।
यस अध्ययनमा गौतमले भर्जिनिया उल्फको जीवन र कृति जोड्नुको पछिल्तिर महत्वपृ्र्ण कारण छन् उल्फ र पारिजातको जीवन र लेखनमा निकै साम्य भएको कुरा गौतमले यस किताबमा व्यापक छलफलको आधार बनाएर राखेका छन् । अङ्ग्रेजी साहित्यमा खास अर्थमा आधुनिकता वामोडर्निज्मका प्रयोग गर्ने उल्फको जीवनमा पारिजातको जस्तै पुरुष साहित्यकारहरूसँगको सङ्गत महत्वपृ्र्ण थियो । त्यस ब्लुम्स्बरी भन्ने समृ्हमा उनकै पति, एक लेखक पनि सक्रिय सदस्य थिए । उल्फको संवेदनशीलता उनका अत्यन्त सुन्दर काव्यिक शैलीमा लेखिएका उपन्यास, कथा र डायरीमा पाइन्छ । उनले निर्वाध चेतनाप्रवाह वास्ट्रिम अफ कन्सस्नेस शैलीमा उनको त्यो संवेदनशीलता, नारी अस्मिता अनिस्पेसको खोजी गरेकी छन् । उनले पछि आत्महत्यालाई एउटा प्रयोगै जस्तो गरेर वरण गरेको कुराले हामीलाई उद्वेलित गर्छ ।
पारिजातको संवेदनशीलता आफैमामा एउटा लेखनको विषय थियो । उनले त्यो संवेदनशीलतालाई जीवनसँगको सम्झौता र विषम परिस्थितिसँगको द्वन्द्व गर्न सक्ने सामथ्र्यका रूपमा लिएकी थिइन् । गौतम पारिजातको एउटा अनुद्घाटित आयाम हाम्रोसामु प्रस्ट पारिदिन्छन् । वास्तवमा यो किताबको मृ्ल विषय पनि त्यही हो । पारिजातले संवेदनशीलतालाई यथार्थिक परिवेशमा आरोपित गरेकी थिइन् । त्यसैले उनको उपन्यासका अति संवेदनशील पात्रहरू पुरुषहरूसँगको सम्बन्ध वा प्रकृति वा नारीहरूसँगका अनुभृ्तिजन्य क्षणहरू लिएर चलेका छन् । उनकी प्रसिद्ध नायिकाशिरीषको पृ्mलकी सकम्बरी त्यसको ज्वलन्त उदाहरण हो । गौतमले पारिजातका सबै कृतिमाथि आफ्नो अध्ययनको दृष्टिकोण राखेका छन् । पारिजात संवेदनशीलतालाई जीवनको नजिक ल्याएर हेर्थिन् । उनको समाधान पनि त्यही थियो । उनले राजनीतिक रूपमा वामपन्थी विचार मान्नु र कम्युनिस्टहरूसँगको सङ्गत गर्नुको पछिल्तिर त्यही चिन्ता देखिन्थ्यो । तर, सिमन गौतम यहीँ आएर आफ्नो सिद्घान्त राख्छन् । पारिजातको निजी गतिशीलता अत्यन्त सिर्जनात्मक र प्रयोगशील थियो भने उनको त्यो गतिशीलताको व्याख्या गर्नेहरूले भने त्यो गतिशीलताको एकलवादी प्रयोग गरे । पारिजातको द्वन्द्व अर्को तहमा भएको देख्छन् गौतम । सीमित दृष्टिको समालोचनाकी सिकार भएकी छन् पारिजात भन्ने गौतमको निष्कर्ष छ । पारिजातले आफ्नो वरिपरिका मित्रहरू र विचारले घेरिँदा आपृ्mलाई महत्वपृ्र्ण अनुभवको अवसर पाएको ठानेकी थिइन् भन्ने कुरा मसँगको कुराकानीमा उनले भनेको सम्झना छ ।
गौतमको अर्को तर्क पारिजातको राष्ट्रखोजीको चिन्ता विषयमा छ । आजसम्म समीक्षकहरूले नखुलाएको यो विषयलाई गौतमले आफ्नो अध्ययनमा महत्वपृ्र्ण स्थान दिएका छन् । किताबको शीर्षक नै राष्ट्रखोजको चिन्तामा लागेको व्यक्तिको अस्मिता भनेर गौतमले राखेको कुरा महत्वपृ्र्ण छ । गौतमको आफ्नो अध्ययन पनि लामो समयसम्म दार्जिलिङ्मै भएकाले यो बुझाइमा उनको आफ्नो अनुभृ्ति पनि गाँसिएको देख्न सकिन्छ । पारिजात दार्जिलिङ्बाट काठमाडौँ आएका बेलाका अनुभव उनका सुन्दर र मार्मिक संस्मरणहरूमा पढ्दा म अत्यन्त प्रभावित भएको छु । गौतमले पारिजातको त्यो यात्रासँग जोडिएका अरू चिन्ता देखाएका छन्, यस किताबमा ।
एक किसिमको डायास्पोराको अन्तरङ्ग चिन्ता हो त्यो भन्ने देखिन्छ त्यसमा । हुन त आजकल नेपाली साहित्यमा डायास्पोरा भन्ने फेसन जस्तै भएको छ तर यो चिन्ता राष्ट्रका खोजीसँग जोडिएको विषय हो भन्ने कुरा नै यसको मृ्ल तत्व हो भन्ने उनीहरूले बिर्सेका छन् । पारिजातले नेपाल आउनु अनि दार्जिलिङ्लाई आफ्नो भाव र कर्मभृ्मि ठानिबस्नु अनि यहाँ आएर ‘स्पेस’को खोजी, पहिचानको खोजी अनि एउटा राष्ट्रको खोजी गर्नुको चिन्तालाई गौतम राष्ट्रखोजमा जुटेको अस्मिता भन्छन् किताबमा । दार्जिलिङ्की कथाकार विन्द्या सुब्बाका कथाको भृ्मिका लेख्ने सिलसिलामा मैले एउटा पारिजातमाथिको यथार्थिक कथामा उनको दार्जिलिङ सम्बन्धको स्पन्दन बुझ्ने अवसर पाएको छु । पारिजातले जस्तै उल्फले पनि म नै राष्ट्र हुँ भनेका उदाहरण राखेका छन् गौतमले । त्यस अर्थमा पारिजातको राष्ट्रखोजी मनोगत र भौतिक दुवै थियो भने उल्फको मनोगत खोजमा एक
लक्षणा थियो राष्ट्र । गौतम यस विषयलाई किताबमा विशेष महत्व दिन्छन् ।

प्रतिक्रिया