रंग‍-विविध

“लभलेटर” पुर्‍याइदिन्थेँ

सौर्य अनलाइन २०६८ फागुन १४ गते ४:२६ मा प्रकाशित

 विसं २००२ मा इलामको वरबोटेमा जन्मिएको हुा । पिताको जागिरका कारण पछि हामी फिक्कल बसाइा सर्‍यौं । फिक्कलनजिकै पांच कक्षासम्म पढाइ हुने विद्यालय थियो । त्यहांबाट तीन कक्षामा प्रथम भएपछि घरबाट एक घन्टाको दूरीमा रहेको कर्फोकस्थित विद्यामन्दिर हाइस्कुलमा भर्ना भएा । हामी सात दाजुभाइ र चार दिदीबहिनी थियौं । म साहिालो छोरा हुा । मैले २०१८ सालमा एसएलसी पास गरेा ।
मा हुर्केबढेको ठाउा पहाडी क्षेत्र हो । अहिले सम्झन्छु, कञ्चनजङ्घा र अन्तुडाडाबाट बहने चिसो हावाले मनलाई प्रफुल्लित बनाउाथ्यो । त्यहा छिनछिनमा मौसम परिवर्तन भइरहन्छ । झरीमा बाछिटाले हानेर सबै लुगा फोहोर बनाइदिन्थ्यो । छाता ठूलाबडाले मात्र बोक्थे उतिबेला । हामी केराको पात ओढेर स्कुल पुग्थ्यौ । असिनापानीमा त त्यसले पनि के छेक्थ्यो र । स्कुल जांदाको एकघन्टे यात्रामा थुप्रै बाधा भोग्नुपथ्र्यो । बतासले उडाउलाझैा लाग्थ्यो । नागीडाडा त्यतिबेला पूरै खाली थियो, हामी बिदामा त्यहा ‘चिप्लेटी’ खेल्न जान्थ्यौा । चिप्लिन काम लाग्ने टिनका पाताहरू घरबाटै चोरेर लान्थ्यौ, अहिले त त्यहा चियाबगान छ ।
म एकदम लजालु स्वभावको थिएा । साथीहरूचाहिा खुब लभलेटर लेख्थे । स्कुलका दाइहरू लभलेटर लेखेर हामीलाई अरू दिदीहरूलाई दिन लगाउाथे । म पनि पुर्‍याइदिन्थेा । एक दिन आफूले मन पराएकी केटीले मैले अरूलाई लभलेटर दिएको देखिछन् । उनी पनि मलाई मन पराउाथिन् रे । मलाई नरमाइलो लाग्यो, त्यसपछि त्यस्तो कामै छाडिदिएा ।
साथीहरू बिाडी खान्थे, उनीहरूकै आग्रहमा एकचोटि मैले पनि खाएको छु । बान्ता आएर तीन दिनसम्म मेरो मुख परपर पारेको थियो । माहिला दाजु र म पासो पनि थाप्थ्यौं, धेरैचोटि ताबे ढुकुर हाम्रो पासोमा परेको छ । मैले हानेको गुलेली सधैा बाङ्गो जान्थ्यो । एकदिन दाजुको गुलेली चोरेर ढुकुरलाई हानेको त एउटी बूढीको नातिलाई पो लागेछ, ऊ धेरै रोयो । मैले त टाउकामै लाग्यो भन्ठानेको थिएा । धन्न, खुट्टामा लागेछ । यो कुरा थाहा पाएर आमाले मलाई खुब पिट्नुभयो । त्यस दिनदेखि गुलेली पनि चलाउन छाडें ।
रेडियो सुन्न खुब मज्जा लाग्थ्यो । रेडियोमा बज्ने गीत हामीलाई कण्ठै हुन्थ्यो । स्कुलमा ससाना कार्यक्रम गथ्र्यौं । म पनि सहभागी हुन्थेा । ठूला दाइहरूले नाटकमा सानोतिनो भूमिका दिादा पनि निकै रमाइलो लाग्थ्यो । अलि भारती पुर्‍याएर गाउने भएकाले बढीजसो मलाई गीत गाउनै लगाइन्थ्यो । स्टेजमा गाउन पाउादा आफूभित्र केही प्रतिभा रहेको महसुस हुन्थ्यो । काठमाडौा आएपछि भने मैले गीत गाउन छाडिदिएा ।
मलाई फुटबल खेल्न असाध्यै मन लाग्थ्यो । तर, अलि लिखुरे भएकाले मलाई खेलमा त्यति सहभागी गराइादैनथ्यो । त्यसैले म गीत र कविता सिर्जना गर्न लाग्थेा । खेलकुदमा मोटाघाटाले अगाडि बढ्नै दिादैनथेा । हाजिरीजवाफ, वक्तृत्वकलामा भने म नै अगाडि थिएा, मोटाघाटाले पनि जित्न सक्दैनथे ।
साथीहरू निकै फट्याइा गर्थे । एउटा घटना सम्झना आउाछ । चैतको दिन थियो । म पनि स्कुल गएको थिएा । साथीहरूले ‘आज एउटा दाइ’ को विवाह छ भन्दै निवेदन लेखेर बिदा मागेछन् । तर, बिहे कसैको पनि थिएन । सुरुमा निवेदनमा के लेखेका छन् भन्ने मलाई थाहा थिएन । थाहा पाएपछि उनीहरूलाई स्कुल र्फकन आग्रह गरेा, तर उनीहरू मानेनन् ।
साथीभाइ मिलेर तिहारमा एकदमै रमाइलो गथ्र्यौं । देउसीभैलो खेल्न गइन्थ्यो । अहिलेजस्तो कुनै घरमा पुग्नेबित्तिकै ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ भन्ने खालको भट्याइ उतिबेला थिएन । एउटै घरमा पूरै एक घन्टाभन्दा बढी भट्याउाथ्यौं । शनिबारको छुट्टीमा हामी गोठाला पनि जान्थ्यौा । नागीडांडामा गाईबस्तु छाडेर खेल्नमै मस्त हुन्थ्यौा । कतिचोटि गाईबस्तु नागीडांडाबाट अर्काको बालीमा छिरेर खाइदिन्थे, घरमा आएपछि ममीले पिट्नुहुन्थ्यो ।
प्रस्तुतिः विशाल राई

प्रतिक्रिया