मत-विमत

पूर्वाञ्चलको विरासत

सौर्य अनलाइन २०६८ फागुन ११ गते ४:१२ मा प्रकाशित

विकास र  समृद्धिका हिसाबले नेपालको पूर्वाञ्चल क्षेत्र अपेक्षाकृत समृद्धिको बाटामा हिाड्न अभ्यास गर्दैछ । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत आवश्यकतापूर्तिका लागि अन्य विकास क्षेत्रभन्दा अगाडि हुनु यसका आˆनै विशेषता पनि छन् । पर्यटन क्षेत्रको विकास गर्न सरकारी तथा गैरसरकारी क्षेत्रका जिम्मेवार निकायहरूको योजनाबद्ध प्रयास हुन्थ्यो भने पूर्वाञ्चल क्षेत्रमा विद्यमान पर्यटनका सम्भावित क्षेत्रको पहिचानले सिङ्गो राष्ट्रलाई धनी र समृद्ध बनाउन सामथ्र्य राख्थ्यो  तर, राजनीतिक तरलता र नीति निर्माताहरूको दृष्टिहीनताले पर्यटन क्षेत्र निरन्तर ओझेल परी आएको अवस्था जगजाहेर छ । यद्यपि स्थानीय क्षेत्रका सचेत र जागरूक व्यक्ति र समुदायको पहलबाट जति काम भएका छन्, ती उल्लेख्य र गतिशील अवस्थामा देखिएका छन् ।
मूलतः विदेशी सीमा क्षेत्रसाग आर्थिक-सामाजिक र राजनैतिक क्षेत्रको सम्बन्ध र सम्पर्कबाट तुलनात्मक रूपमा पूर्वाञ्चल विशिष्ट स्थानमा छ । उत्तरको तिब्बत, पूर्व र दक्षिणतर्फ पश्चिम बङ्गाल, सिक्किम, बिहार र उत्तर प्रदेशसागको सम्बन्धले सकारात्मक नकारात्मक दुवै असर र प्रभावलाई पूर्वाञ्चलले परापूर्वकालदेखि नै व्यहोर्दै आएको छ । खासगरी भारतसागको भौगोलिक निकटताले राजनीतिक निकटतालाई विश्वासको गहिराइसम्म पुग्न नदिए पनि शिक्षा र व्यापार तथा दुईदेशीय सांस्कृतिक क्षेत्रको गहिरो सम्बन्धका कारण राजनीतिक सम्बन्ध पनि त्यति अपि्रय अनुभव गर्न सकिादैन । चाहे २०४६ सालको परिवर्तनको सङ्घार होस् या २०६२—०६३ को जनआन्दोलन होस्, भारतीय भूभाग र त्यहाका जनताको सहयोग र सद्भावले प्रजातान्त्रिक  वा गणतान्त्रिक नेपाल निर्माणको प्रक्रियालाई दुई देशका जनताको आपसी मेलजोलले गतिवान् बनाएका अनेक उदाहरण छन् ।
मूलतः २००७ सालको परिवर्तनदेखि माओवादी आन्दोलनका १० वर्ष र गणतन्त्र स्थापनासम्मका दर्जनौ घटना—परिघटना र सङ्घर्ष उठाउने सन्दर्भलाई सीमा क्षेत्रका भारतीय जनताको सहयोग थिएन भने पूर्वाञ्चलको राजनीतिक सक्रियताले गति लिन सक्ने थिएन । नेपाली कांग्रेसका क्रान्तिकारी नेता भूविक्रम नेम्वाङ आदिले मुलुकभित्र बन्दुक भित्र्याएर सशस्त्र सङ्घर्ष गरेको २०१८ पछिको अवस्था होस् या चारु मजुमदारको नक्सलवादी विद्रोहको प्रभावलाई पूर्वेली कम्युनिस्ट युवामा परेको छाप होस् । चाहे २००८ देखि २०११ सम्म पटक पटकका खमारबन्द आन्दोलनका प्रसङ्ग हुन् या २०३६ सालको जनमत सङ्ग्रह र २०४६ को आन्दोलन, कुनै पनि सन्दर्भमा पूर्वाञ्चलको राजनीतिक आन्दोलनलाई भारतीय सीमा क्षेत्रका जनताले उल्लेख्य सहयोग गरेका छन् । माओवादी आन्दोलनका १० वर्षमा उत्तर दक्षिणका हतियार माफियाले बन्दुक र बारुदका व्यापार बाहेक माओवादीको ‘जनयुद्ध’लाई सेल्टरको रूपमा सीमा क्षेत्रका जुनसुकै प्रान्तका जनताले सहयोग गरेका थिएनन् भने त्यो आन्दोलन त्यति उचाइमा उठ्न सक्ने थिएन । त्यसैले भन्न सकिन्छ, पूर्वाञ्चलको राजनीतिक प्रभावलाई भारतीय क्षेत्रका जनता—जनताबीचको सम्बन्ध कोसेढुङ्गा बन्दै आएको प्रसङ्गलाई बिर्सनु हुदैन ।
खासगरी दार्जिलिङ, पश्चिम बङ्गाल, विहार र  युपीसागको प्रत्यक्ष सम्बन्धले शैक्षिक विकासमा पूर्वाञ्चल क्षेत्र अन्य विकास क्षेत्रको तुलनामा अग्रभागमा देखिएको छ । नेपालका मूर्धन्य कवि लेखक, प्राध्यापक, बुद्धिजीवी, राजनीतिक नेता, संस्कृतिविद् र कूटनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तित्व दुईदेशीय सम्बन्धकै कारणबाट आज नेतृत्व तहमा देखिएका छन् । यी पूर्वाञ्चलका १६ जिल्लाभित्र यस्ता धेरै व्यक्तित्व विभिन्न नेतृत्व तहमा थिए र  अद्यापि छन् । हजारौ ब्यक्तित्वको समूल प्रयत्नबाटै पूर्वाञ्चलको शिक्षा, सभ्यता, संस्कृति र राजनीतिले उचाइ लिएको इतिहासलाई बिर्सनु हंुदैन ।
पूर्वेली  भूगोल र जनताको चेतना र खासगरी भारतीय भूगोलका पूर्व र दक्षिण क्षेत्रको शैक्षिक जागरणले पूर्वाञ्चलमा राजनीतिक आन्दोलन अग्रभागमा रहेको यथार्थलाई भुल्नु हुदैन । राजनीतिक, सामाजिक र आर्थिक  विकासमा पूर्वाञ्चलले जुन भूमिका निर्वाह गर्‍यो मध्यपश्चिम र सुदूरपश्चिमसम्म त्यसको प्रभाव विस्तार भएकैले राजनीतिक परिवर्तनका ठूला, मझौला घटना नेपालमा सम्भव भएको छ, घाम जत्तिकै छर्लङ्ग तर, आज हामी राजनीतिक तरलताको जुन धरातलमा छौ, त्यो राजनीतिक अपसंस्कृतिले पूर्वाञ्चललाई पनि नराम्ररी गांजेको अनुभव हुन्छ ।
खासगरी राजनीतिक रूपले प्रशिक्षित व्यक्ति र दलकै कार्यकर्ताहरूमा पन्पिएको अहम्, मूढेबल, कमाउ धन्दा, अपहरण जस्ता अराजनीतिक क्रियाकलापलाई प्रश्रय दिने राजनीतिक रोगले पूर्वाञ्चल आक्रान्त भइरहेको छ । कहिले जातीय नाउामा, कहिले क्षेत्रीय मनोविज्ञानले उत्पादन गरेको वर्तमान परिवेश मूलतः पूर्वी पहाड र तराई-मधेसमा जसरी हुर्किरहेको छ, त्यसले हिजोको बलिदान, उत्सर्ग र समर्पण, त्याग र निष्ठामाथि वज्रपात गरिरहेको छ । यो प्रक्रियालाई राजनीतिक रङगले चोख्याएर पवित्र बनिरहने सोचभन्दा माथि उठेर राजनीतिक दल र नेताहरू इमान्दार भइदिए मात्र पनि छिमेकी राज्य विहारका चर्चा गरेर दिन काटिरहनुपर्ने थिएन ।
-लेखक झापामा कार्यरत वरिष्ठ पत्रकार हुन् ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय