सौर्य दैनिकद्वारा अनिकाल पीडित चेपाङका लागि खाद्यान्न संकलन

चेपाङ बस्तीमा चुल्हो बल्न छोड्यो

काठमाडौं, १५ चैत । भोकै बाँच्न बाध्य चितवनका चेपाङ समूदायका लागि सौर्य दैनिकले खाद्य संकलन अभीयान सुरु गरेको छ ।

सौर्य दैनिकको आजको अंकमा प्रकाशित समाचार पछि शुचेच्छुक र पाठकहरुको सुझाव तथा आग्रहमा चितवन कोराक–८ धारापानीका चेपाङ समुदायका लागि खाद्यान्न संकलन अभियान सुरु गरिएको हो ।

संकलन हुने खाद्यान्न  सौर्य दैनिक आफैले चेपाङ वस्तिका अनिकालग्रस्त परिवारलाई उपलब्ध गराउने छ ।

खाद्यान्न सहयोग गर्न ईच्छुक महानुभावहरुले सौर्य दैनिकको कार्यालय बागबजारमा उपलब्ध गराउन सक्नु हुने छ । कार्यालयको टेलिफोन ०१–४२५६८६६ मा सम्पर्क गरेर सिधै खाद्यान्न सहयोग गर्न सकिने व्यवस्थापन पक्षले जनाएको छ ।

चेपाङ बस्तीमा चुल्हो बल्न छोड्यो

http://www.souryadaily.com/2012/03/6786.html

-प्रतिमा सिलवाल

चितवन, १४ चैत । ‘भोकले छट्पटिएर घास खादा पोहोर छोराको ज्यान गयो,’ चन्द्रलाल चेपाङले भक्कानिंदै भने, ‘यसपालिको अनिकालमा अरु छोराछोरी पनि भोकैले मर्लान् कि भन्ने पिर छ ।’ कोराक–८ धारापानीमा रहेको सिंगो चेपाङ बस्ती यतिबेला अनिकालमा परेको छ । रुखो जमिन र सिं“चाइ अभावका कारण अन्न उत्पादन नभएपछि चेपाङहरु भोकै बाच्न बाध्य भएका छन् । पोहोरको अनिकालमा भोक थाम्न नसकेर घास खादा आठ वर्षीय छोरा मिलनको ज्यान गएको पीडाले चन्द्रलाललाई अहिले पनि पोलिरहेको छ ।
‘घरमा अन्न सकिएको चार महिना भयो,’ चन्द्रलालले भने, ‘मजदुरी गरेर खानलाई पनि गाउमा काम छैन । कहिलेकही चारदिनसम्म भोकै परिन्छ ।’ उनले आठ कक्षा पढ्दै गरेका जेठो छोरा वसन्तलाई पढाइ छुटाएर मजदुरी गर्न धादिङ पठाएका छन् । पाच सन्तानका बाबु चन्द्रलाल वर्षमा ६ महिना अनिकालमै बाच्नुपर्ने बताउछन् ।
धारापानी गाउमा २८ घर चेपाङ छन् । उनीहरु सबै अनिकाल खेपिरहेका छन् अहिले । नौजनाको परिवारको जिम्मेवारी काधमा भएका मानबहादुर चेपाङ भन्छन्, ‘मेलापातबाट आएको ज्यालाले गर्जो नटरेका दिन जंगलमा गिठ्ठाभ्याकुर खोजेर प्राण धान्छौ ।’
धारापानी खोरियाको जग्गा अहिले बाझो छ । ‘अहिलेसम्म मकै रोप्न पनि पाएका छैनौ,’ धारापानीकै बिसुलाल चेपाङले भने, ‘बाह्रमासे खेती गर्न सिचाइ छैन । पानी नभएपछि उब्जाउ हुदैन ।’
स्थानीय कमेरेपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव हितबहादुर तामाङ कोराकको चेपाङ बस्तीमा हरेक वर्ष अनिकाल पर्ने गरेको बताउ छन् । चितवनका पहाडी भेगमा रहेका १० गाविसमा चेपाङ समुदायको बसोबास छ । नेपाल चेपाङ संघका अनुसार चितवनमा २६ हजार चेपाङ छन् । संघका केन्द्रीय महासचिव यमन चेपाङले यतिखेर सबै गाविसमा रहेका चेपाङ समुदायमा अनिकाल परेको बताए । संघले तत्काल केही खाद्यान्न जुटाउन पहल गरे पनि नसकेकाले चेपाङ समुदाय भोकै परेको उनको भनाइ छ  । ‘सरकारी तथा गैरसरकारी निकायले चेतना अभियान मात्रै भन्छन्, तर छाक टार्ने समस्या समाधान गर्न चासो दिंदैनन् ।’
चेपाङ समुदायका अधिकांश युवा कामको खोजीमा मकवानपुरको मनहरि, चितवनको टाडी, नारायणगढ, धादिङको मलेखु र काठमाडौं गएका छन् । गाउमा रहेका महिला र बालबालिकाको बिजोग छ । उनीहरुले जंगलमा रहेको कन्दमूल गिठ्ठाभ्याकुर खाएर प्राण धानेका छन् ।
चितवन सदरमुकाम भरतपुरबाट पूर्वमा पर्छ कोराकको धारापानी । राजमार्गबाट उत्तरपूर्वी क्षेत्रको करिब १५ किलोमिटरभित्र कच्ची सडक गएपछि एक घन्टा हि“डेर कोराक–८ स्थित धारापानी गाउमा पुग्न सकिन्छ । गाउबाट आधा घन्टाको दूरीमा प्राथमिक विद्यालय  छ । गाउमा भोकमरीको समस्याले गर्दा १२–१३ वर्षको उमेर भएपछि बालकहरु पढाइ छाडेर मजदुरी गर्न हिड्छन् ।
गाउमा स्थानीय राजनीतिक दलबाहेक अन्य ठूला नेता पुगेका छैनन् । नेकपा (एमाले) कोराक गाउ कमिटीका अध्यक्ष तेजबहादुर तामाङले धारापानीको समस्या समाधान गर्न कोही पनि गाउ नपुगेको बताए ।

कात्तिकदेखि छैन अन्न
स्यानीमाया चेपाङ
डा“डामा घर छ । सातजनाको परिवार छ । उब्जाउ हुदैन । घरमा अन्न छैन । ज्याला गरेर छोराछोरी पाल्नुपर्छ । बारीको अन्नले ६ महिना पनि धान्दैन । यसपालि त कात्तिकदेखि नै अन्न सकियो । घरमा तीन छोरा र दुई छोरी छन् । जेठो १५ वर्ष र माइलो १३ वर्षको छ । जेठो छोरो त ‘भोकभोकै पढ्न सकिंदैन आमै’ भनेर काठमान्डु गार्मेन्टमा काम गर्न गयो । माइलो पनि पा कक्षा पढ्दै छाडेर धादिङमा मुढा बोक्न गा’छ । बूढाबूढी दिनदिनै ज्याला गर्न गयो, कनिका ल्यायो, फाडो बनाएर खायो । सधै ज्याला पनि पाइंदैन । के गनुर्, दुःखी कर्म रैछ’ ।

गिठ्ठा भ्याकुर खाइन्छ
मानबहादुर चेपाङ
जग्गा भएर मात्रै नहुने रैछ । खोरिया ढुंगा मात्रै छ । उब्जनी छैन । खानेपानीको समस्या छ । खेतमा कसरी पानी लगाएर उब्जनी गर्न पाउनु ? पेट पाल्नै गाह्रो भयो । यो पालि मंसिरदेखि बेसाएर खानुपरेको छ । दिनै ज्याला गर्न जादा हैरान भैसक्यो । ज्यालाबाट कमाइ नभए जंगल गइन्छ । गिठ्ठाभ्याकुर खाइन्छ । १४ वर्षको जेठो छोरो गाउमा खानेकुरा नभएपछि कमाउछु  भनेर बजारतिर गयो । कहिलेकाही घर आउछ । हामी बूढाबूढी छौं । नौजनाको परिवार धान्नै समस्या छ ।  फाडो खाने बानी बालखदेखि नै पर्‍यो हाम्लाई त । आधा पेट खाएर जेनतेन बाचेका छौं ।’

6 प्रतिक्रियाहरू
  • kabita ghimire २८ मार्च, २०१२, ९:२१

    समाचार पढ्दा मेरो पनि मन भक्कानीयो । चेपाङ जातिको त्यो पीडालाई हाम्रा भ्रष्टनेताले एक पटक नियाल्न जरुरी छ । अनि भ्रष्टाचार गरेर आफ्नो मात्रै पेट भर्नु भन्दा अनिकालमा परेका चेपाङ जातिलाई पनि गास जुटाइदिए पुण्य पाइन्थ्यो कि ?

    जवाफ फर्काउनुस्

  • Birendra Prasad Shah २९ मार्च, २०१२, १७:२३

    Yo pani hamro Nepal rahechh…sathi…adhi pet khae din bitaune pani chhan…dhanyabad saurya dainik patrikalai….

    जवाफ फर्काउनुस्

  • Birendra Prasad Shah २९ मार्च, २०१२, १७:२६

    Kamse kam khauma malham lagaune kohi ta chhan…patrikako pani pragati hos…ra ti deendukhiko sahara bannus hamro subhkamana chha…i also want to be donated some amount Ram Kumar Elanjee….so plaese Email me…then….i manage….

    जवाफ फर्काउनुस्

  • sundar thapa ३ जुलाइ, २०१२, ३:४३

    yo khabarle aspatal prashan ko gair jimmewari dekhin6. kinaki icu ma rakheko byekti bed bata lader mrityu ko sikar hun6 vane tyo ta aspatal prashan ko charam laparbahi dekhin6. Yesto abastama pidit pachchya ko maag ko pani sambodhan hunu par6.

    जवाफ फर्काउनुस्

  • Roman Thapa magar २२ डिसेम्बर, २०१२, ३:२०

    malai yo saraniya kam dikhera sarai man paryo. Jaha hamra napali daju bhai bhokle chatpataira morda ako dajule herna sakdai. ajhi bhanu bhena hamra bharsta neta lai yo khabar ramro sag pugos. thanks for your work.

    जवाफ फर्काउनुस्

  • anil bikram shrestha २ अक्टोबर, २०१३, ९:०२

    Hamile pani khi sahayog garna paye hunthyo vanne man ma lako xa tara kaha kasari vanne kura man ma lako xa.
    9802629163

    जवाफ फर्काउनुस्

तपाइको प्रतिक्रिया