खोजखबर

जीवन एकपल्ट मात्र पुष्पित हुन्छ

सौर्य अनलाइन २०६९ वैशाख २ गते २:४० मा प्रकाशित

अनन्त, तिमीले कहिल्यै अतीतलाई भारी नठान्नू । अतीत तिम्रो मात्र होइन, सम्पूर्ण मानव जातिको एउटा सहवासी अन्तर्जात गुण हो, एक वरदान । यो नभएको भए हामी चेतनाले होइन, नैसर्गिक स्वभावले सञ्चालित पशुप्राणी मात्र हुन्थ्यौँ होला । यही सम्झनाले, सम्झना गर्ने वरदानको सहायताले सबै अतीत सुरक्षित रहन्छ । त्यो अतीत हाम्रो दर्पण हो मँ बारम्बार त्यसमा हेर्छौं ।
जीवन एकपल्ट मात्र पुष्पित हुन्छ त्यो हो— बाल्यकाल । त्यही सुवास फारु गरेर जीवनभरि छर्किनु, पुर्‍याउनु पर्छ । त्यही बेला नै जीवनको वसन्त रहेछ, संसार उज्यालो देखिन्छ, सबै फूल फुल्ने अथवा कोपिला बस्ने सुन्दर आकर्षक चित्रयुक्त हुन्छ तर कतिका लागि यही समय हिमपात तुषारो खनिने ठीक त्यसैबेला कोपिला भाँचिने, चुँडिने पनि हुँदो रहेछ । डिएच लरेन्सले अथवा मार्क ट्वाइनले अथवा चाल्स डिकेन्सले वा गोर्कीले जे लेखे त्यही फूलबारीमा तुषारापातको कथा लेखे । जसरी उनीहरूले दुःखका दिन भुल्न कहिल्यै सकेनन्, पाठकले त्यसरी नै ती स्रष्टाहरूका दुःखका प्रतिध्वनि -कृति) कहिल्यै भुल्ने छैनन् ।
म जे. एम. ब्यारीलाई सम्झिन्छु—पुस महिनामा पनि गुलाब फुलोस् भनेर हामीलाई ईश्वरले स्मृति दिएका हुन् । साँच्चै ता पुसमा फुल्दैन, तर त्यो स्मृतिमा फुल्छ, कृतिमा फुल्छ । हामीसँग भएको त्यही विशेष उपहार कातेर स्रष्टाले बाती बनाउँछ । दियो, तेल, बाती, सबै जुटेपछि एक काँटी सलाईले जुन प्रकाश उत्पन्न हुन्छ, त्यही हो एक आख्यान । यी प्रत्येक तत्त्वलाई प्लट, क्यारेक्टर, सेटिङ, स्टाइल, थिम भने हुन्छ । बल्ने प्रकाश थिम हो । हाम्रो जीवनका दुःखले पनि प्रकाश दिन्छ, सुखले पनि, त्यसकारण सफल आख्यान भनेको यी सबै तत्व सन्तुलित भएको प्रकाश हो, त्यो सधैँ नै बलिरहन्छ— त्यहाँ दुःख सुखको कुरा होइन एउटा आलोकको मात्र दर्शन हुन्छ, जीवन आलोकको । हाम्रा वर्तमान र भविष्य दुवैलाई आलोकित पार्न यी सारा आख्यान लेखिएका हुन्, जीवनको रहस्य खोल्न लेखिएका हुन् ।
त्यसकारण स्मृतिलाई भार नठान अनन्त यो उपहार हो । बि्रटिस एक्टर जेरेमी आइरोन्सले भनेका कुरा फेरि पनि जोड्दछु- साँच्चै एचजी वेल्सको पात्रसँग मात्र होइन, हामी प्रत्येकसँग कालयन्त्र छ जसले समयमाथि चढाएर हामीलाई यात्रा गराउँछ । हामीलाई अतीतको यात्रा गराउने कालयन्त्रको नाम हो स्मृति
-मेमोरी) । कसैले भविष्यतिर यात्रा गराउँछन्, भविष्यतिर यात्रा गराउने कालयन्त्रको नाम हो डि्रम -सपना) । प्रत्येक आख्यान कि मेमोरी हो कि डि्रम, सम्झना र सपनाभरि मात्र हामी बाँच्तछौँ । हाम्रो जीवन सम्झना र सपनाबीच फुलेको एउटा गुलाबको थुंगा हो, यो सम्झना र सपनाबीचको यात्रा हो । यीमध्ये एउटा चुँडियो भने बचाइको अर्थ समाप्त हुन्छ, दुवै चुँडिएपछि जीवनलीला नै समाप्त हुन्छ । तिमी यिनै दुई तत्वलाई सन्तुलित राखेर आख्यानको रचना गर्न सक्छौ ।
त्यसकारण हामीले सम्झना र सपनाको पूजा गर्नुपर्छ, यी रचना गर्ने प्रभुप्रति धन्य हुनुपर्छ, र यी दुवै तत्त्व अटाउने, यी दुवैलाई संरक्षित र सञ्चालित गर्ने अर्काे वर्तन छ, कल्पना त्यसको पनि पूजा गर्नु पर्दछ । किनभने सबै सिर्जनाको आधार कल्पना हो । कल्पना वास्तवमा एउटा पुष्प हो । एक थुँगा गुलाब । सपना र सम्झनाले बारेको बगैँचामा नै त्यो फुल्दछ । कल्पनाको डिग्री उच्च भएकामा सिर्जना क्षमता उच्च र सहज हुन्छ, उसले सम्झना र सपनाको सदुपयोग गर्न सक्तछ नत्र सबैको हृदयमा ती तत्त्व भएर पनि सिर्जना हुन सक्तैन त्यहाँ कल्पनाले विशेष काम गर्न सक्तैन । त्यहाँ झार र बुट्यान उमि्रन्छ तर गहुँ र धान फल्दैन । उनीहरूमा ज्ञान होला तर कल्पनाबेगर त्यो सिर्जनामा परिणत हुन सक्तैन । आइन्सटाइनले अन साइन्समा भनेका छन्— इमाजिनेसन इज मोर इम्पोर्टेन्ट दयान् नलेज ज्ञानभन्दा कल्पना नै अधिक महत्त्वपूर्ण हुन्छ ।
ज्ञान भनेको कच्चा पदार्थ हो, भर्खरै युवा/युवतीको हातमा परेको विश्वविद्यालयको प्रमाणपत्र मात्रै । त्यो अनुभवमा परिणत भएपछि नै सम्झना र कल्पनाले युक्त हुन्छ । त्यो मात्र चम्किन्छ । सम्झना र सपना जोड्ने कल्पनाले सभ्यताको रक्षा गरेको छ, सिर्जनाको रक्षा गरेको छ । कल्पना नै सिर्जना हो । जोनाथन स्विफ्टले यही भनेका छन्- अदृश्य वस्तु देख्ने दृष्टि नै कल्पना हो भिजन इज द आर्ट अफ् सिइङ थिङस् इन्भिजिबल । एउटा आख्यानकारमा/स्रष्टामा मात्रै त्यो शक्ति हुन्छ । स्विफ्टको कल्पनाको परिभाषा र मार्टिन लुथर किङको सपनाको उक्ति एकैचोटि सम्झ । सन् १९६३ को भाषणमा मार्टिन लुथर किङले केवल चार शब्द उच्चारण गरे-आइ ह्याभ अ डि्रम । मेरो -यस्तो) एउटा सपना छ । त्यो सपना बोक्ने भिजनरीले स्मृतिको उपयोग गर्छ । यही स्मृति अर्थात् सम्झनाको महत्त्व देखाउँदै धेरैअघि सिसेरोले भनेका छन्-सम्झना सबै कुराको भण्डार र त्यसको संरक्षक पनि हो ।
स्रष्टा सधैँ कल्पनामा यथार्थको प्रतिकृति बनाउने कलाकर्मी भएकाले उपन्यास रच्नुपूर्व तिमीले यी आधारभूत तत्त्वको संरक्षण गर्नु, यिनीहरूप्रति गहिरो प्रेम गर्न सिक्नु पर्दछ ।
सबै आख्यानको सारतत्त्व थिम हो । सबै नाटक, रंगमञ्च, संगीत, जीवनका सारा कृत्यको सारांश थिम नै हो । अरू तत्त्व थिमका संघटक हुन् । थिम दुःखसुखको, प्रेम वियोगको, युद्ध शान्तिको, नरनारीको, व्यक्तिगत उन्नति र पतनको, समाजका सुखदुःखको, राष्ट्रका कष्ट र उपलब्धिको, दुःखद् अतीत र भविष्य मार्गको सबैसबै या सम्झना हो या सपना । कल्पना उठेको, त्यो भित्र पुगेको, माथि चढेको एउटा स्रष्टाको जीवन यिनै दुई तत्त्वबीच सक्रिय हुन्छ । अरू आमनागरिकको जीवन पनि यिनै तत्त्वले सञ्चालित हुन्छ त्यहाँ स्मृति र सपना छन् । तर अरूले सम्झन, रुन र दुःखित हुन मात्र तिनीहरूको प्रयोग गरेका छन् । किनकि, हिजोको

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय