प्रवास

विमानस्थलमा लागूपदार्थसहित टर्किस महिला पक्राउ

सौर्य अनलाइन २०७१ फागुन २९ गते २:२३ मा प्रकाशित

काठमाडौं, २९ फागुन । इस्तानबुल जान लागेकी एक टर्किकी महिला एक किलो ८०० ग्राम चरेससहित त्रिभूवन विमानस्थलबाट पक्राउ परेकी छन् ।

टर्किस एयरलाइन्सको विमानबाट इस्तानबुल जान लागेकी ३० वर्षीया टर्किस नागरिक ओजी सागसोजलाई उक्त परिमाणको चरेससहित बिहीबार पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

हाते झोला परीक्षण गर्ने क्रममा माटोको बुद्धमूर्तिभित्र लुकाएर राखेको उक्त चरेस बरामद भएको जनाउँदै ब्यूरोले अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया