खोजखबर

गान्धी हत्या र गोड्सेका गुनासा

सौर्य अनलाइन २०७२ वैशाख ११ गते ९:३० मा प्रकाशित

gandhiभारतीयहरू महात्मा गान्धीलाई भगवान् सरह मान्छन् । भारत बाहिर छरिएर रहेका भारतीयले समेत गान्धीलाई बाबु सरह नै मान्ने गरेका छन् र गान्धीको उपनाम नै बापु छ । उनलाई अन्य देशका नागरिकले समेत ठूलो सम्मान र श्रद्धा गर्ने गरेका छन् । तर, भारतमै स्वर्गीय गान्धीका हत्यारा नाथुराम गोड्सेलाई मान्नेहरूको पनि कमी छैन । नाथुराम गोड्सेलाई जनताले दुई तरिकाबाट चिन्ने गरेका छन् । उनी गान्धीका हत्यारा मात्रै थिएनन्, गान्धीका कटु आलोचकसमेत थिए । उनी हिन्दु धर्मावलम्वी भएका कारण गान्धीको हत्यामा संलग्न रहेको आरोप समेत धेरैको छ । गोड्सेलाई धेरैले सन् १९८० को दशकसम्म धेरैले घृणाको दृष्टिकोणले हेर्ने गरेका थिए । तर, उनीमाथि सम्मान दर्शाउनेको संख्या पनि कम छैन । उनलाई केही भारतीयले राष्टवादीका रूपमा समेत बुझ्ने गरेका छन् । अहिले कांग्रेस, माओवादी, उदारवादी, नवउदारवादीलगायतका धेरै शक्तीले भोटका लागि पनि गोड्सेलाई सम्मान गर्नुपर्ने अवस्था छ । भारतमा गोड्सेको प्रभाव कायम छ । तर, अभै पनि इतिहासको पानामा गोड्सेको नाम कालो अक्षरले लेखिएको छ ।
किन मारे गोड्सेले गान्धीलाई
गान्धी हत्याको आरोपमा गिरफ्तार भएपछि गोड्सेले एकैपटक गान्धीका छोरा देवदास गान्धीलाई जेलमा भेटेका थिए । गान्धी हत्याका विषयमा गोड्सेका भाइ एवं अर्का अभियुक्त गोपाल गोड्सेले लेखेको पुस्तकमा यस घटनाको उल्लेख गरेका छन् । नाथुरामले त्यसअघि गान्धीका छोरालाई चिन्दैन थिए । गोपाल गोड्सेलाई कैद सजाय मात्रै सुनाइएको थियो, उनलाई फाँसी दिइएन । संसद् मार्गस्थित पुलिस थानामा पुगेका देवदासलाई नाथुरामले थानामै चिनेका थिए । गोपाल गोड्सेले पुस्तकमा उल्लेख गरे अनुसार देवदास कुनै अपराधीलाई हेर्ने इच्छाका साथ जेलमा आएका थिए । तर, नाथुरामजस्तो सामान्य व्यक्तिले हत्या गरेको सुन्दा उनी आपैmँ चकित भए । नाथुरामको आत्मविश्वास देखेर छक खाएका देवदास आफ्नो अनुमान गलत भएपछि घटनाका थप खोजीमा अग्रसर भएका थिए । त्यतिबेला नाथुरामले देवदासलाई भनेका थिए, म हिन्दी अखबार हिन्दुराष्टको सम्पादक नाथुराम गोडसे हुँ । म त्यहीँ थिएँ जतिबेला तिम्रो बाबुको हत्या भएको थियो । तिमीलाई आज धेरै दुःख लागेको होला । मेरै कारणले तिमीलाई दुःख लागेको छ । म स्वयं यसमा दुःखी छु । तर, याद राख्नु मैले आफ्नो व्यक्तिगत फाइदाका लागि यो काम गरेको होइन । कुनै इष्र्या वा रिस पालेर पनि मैले यो काम गरेको होइन । मैले खराब नियतले गान्धीको हत्या गरेको होइन । त्यसपछि गान्धीपुत्र देवदासले राखेको प्रश्नमा उनको जवाफ थियो, हत्याको कारण केवल राजनीतिक मात्रै हो ।
नाथुरामले देवदासलाई आफ्नो प्रश्न राख्नका लागि मागेको थप समय प्रहरीले दिएन । अदालतमा नाथुरामले वक्तव्य बोकेर गएका थिए तर पढ्न पाएनन् । गोपाल गोड्सेले आफ्नो पुस्तकको एक अनुच्छेदमा नाथुरामले बोलेको कुरा उल्लेख गर्दै लेखेका छन्, सरकारले अदालतमा मेरो भनाइ राख्न दिएन भने पुस्तकमा तिमीले त्यसलाई समेट्नु । नाथुरामकै भनाइ समेटेर गोपालले पुस्तकमा गान्धी हत्याको चर्चा गरेका छन् । नाथुरामले अदालतमा पढ्न नपाएको अन्तिम वक्तव्यलाई गोड्सेले आफ्नो पुस्तकमा समेटेका छन् ।
विचारधाराको अन्तर
नाथुराम आफैंले लेखेका कतिपय विषय विवादमा रहेका कारण उनलाई धेरैले सही मान्न सकेका छैनन् । उनले गान्धीमाथि तानाशाहको आरोप लगाएका थिए । फेरि कांग्रेसमा आफ्नो निर्णय पारित गराउन गान्धीले भोक हड्ताल गरेको प्रसंग गोपालकै पुस्तकमा उल्लेख छ । धेरै विश्लेषक तानाशाले भोक हड्ताल किन गर्नुपर्छ भन्दै गोड्सेसँग असहमत छन् । भारतले पाकिस्तानलाई पैसा उपलब्ध नगराउने भएपछि गान्धीले अन्तिमपटक भोक हड्ताल गरेको विषयमा नाथुरामले प्रश्न उठाएका थिए । तर, भारत सरकारले आफैंले बोलेको कुरा पूरा गर्न नसकेपछि मात्रै गान्धीले भोक हड्ताल गरेका थिए । त्यसैले विश्लेषकहरू गोड्से यस सवालमा पनि संकुचित रहेको दाबी गर्छन् ।
नाथुरामले अदालतमा बोलेजस्तो केवल राजनीतिक कारणले गान्धीको हत्या गरेको कुरालाई कतिपय विश्लेषक मान्न तयार छैनन् । उनले गान्धीपुत्र देवदाससँग बोलेको कुरामा पनि पूरै सहमत हुनसक्ने ठाउँ छैन । उनी गान्धीको धर्म निरपेक्षता विचारधाराको विरोधमा थिए । हिन्दु धर्मको बिलकुल उल्टो दिशातर्पm नजान उनलाई स्वयंसेवक संघले दबाब दिएको थियो । विश्लेषकहरू गान्धीको विषयमा प्रश्न गर्नुपर्ने कुनै ठाउँ नरहेको बताउँछन् । विश्वले नै राजनेता मानेका व्यक्तिलाई त्यसरी चित्रण गर्न नहुने अधिकांशको ठम्याइ छ । सन् १९४९ मा जार्ज आरवैलले गान्धीका सम्बन्धमा लेखेका थिए, सौन्दर्यबोधको कमीका कारण केहीले गान्धीप्रति नराम्रो धारणा बनाउन सक्छन् । उनलाई महात्मा मान्न सबै तयार नहुन सक्छन् (जबकि उनी आफैंले पनि आफूलाई महात्मा घोषणा कहिल्यै गरेनन्), कसैले साधुको आदर्शअनुसार गान्धी चलेको बताउन सक्छन् र कसैले यो पनि भन्न सक्छन् कि गान्धीको मूलभाव मानवता विरोधी र प्रतिक्रियावादी छ । तर, एक राष्ट्रभक्त नेताका रूपमा उनलाई नियाल्ने हो भने खोट लगाउनुपर्ने कुनै ठाउँ छैन् । सन् २०१५ सम्म पनि गान्धीबारे यही सत्य स्थापित छ । उनीप्रति गोड्सेले गरेका गुनासाहरू इतिहासमा बिस्तारै विलय हँदै गइरहेका छन् ।

गोड्सेको अन्तिम वक्तव्य

पहिलो कुरा गान्धी गोड्सेलाई धेरै सम्मान गर्ने गर्दथे । उनले भनेका थिए, वीर सावरकर र गान्धीजीले बोलेका र लेखेका कुरा मैले गम्भीरतापूर्वक पढ्ने गरेको छु । पछिल्लो तीन वर्षमा मैले यी दुई व्यक्तीले बोलेका कुरालाई ध्यानपूर्वक सुन्ने गरेको छु । दोस्रो कुरा उनीहरूले बोलेको पढ्दा मैले यो महसुस गरँकि मेरो पहिलो जिम्मेवारी हिदुत्व र हिन्दुहरूका लागि हो । एक देशभक्त र विश्व नागरिक हुनुको नाताले ३० करोड हिन्दुको स्वतन्त्रता र रक्षा नै पूरै भारतको रक्षा हो । यसले मलाई हिन्दु संगठनको विचारधारा र कार्यक्रमसँग नजिक गरायो । यसपछि मैले गान्धीका बारेमा सोचेँ र गान्धीको अस्तित्व समाप्त गर्ने दिशामा अघि बढे ।
गान्धीले दक्षिण अफ्रिकामा भारतीय समुदायलाई हक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, भारत फर्किएपछि उनले के सही र के गलत भन्ने छुट्याउन सकेनन् । उनले समस्याको समाधानका लागि आफैंलाई अन्तिम निर्णायक मान्न थाले । यदि, देशलाई उनको नेतृत्व चाहियो भने उनी आफूलाई अपराजित सोच्थे । देशले उनलाई आवश्यक नठानेको अवस्थामा उनी कांग्रेसको लाइनभन्दा भिन्न तरिकाबाट अघि बढ्ने गरेका थिए । यही सोचका कारण नाथुराम गान्धीको हत्या गर्न तयार भए । उनी आफैंले भनेका थिए, यसको अरू विकल्प हुनै सक्दैन । या त कांग्रेसले गान्धीका लागि आफ्नो बाटो छाड्नुपर्छ । या त गान्धीका सारा सनक, सोच र दर्शनलाई अपनाउनु पर्नेछ । या गान्धीविना नै अघि बढ्नुपर्नेछ ।
पाकिस्तान निमार्ण गर्दै भारतलाई टुक्राउन खोजेको तेस्रो आरोप गान्धीमाथि छ । कांग्रेसका दिग्गज नेता गान्धीकै डिजाइनमा पाकिस्तानलाई अलग बनाउने निर्णय भएको थियो । तत्कालीन सरकारले मुस्लिमहरूको पक्षमा मात्रै सोचेर यस्तो निर्णय गरेको गोड्सेको आरोप छ । उनी यस्तो निर्णयका लागि गान्धीले खेलेको भूमिकाबाट फिटिक्कै खुसी थिएनन् । आफैंले पुज्ने गरेको भारतलाई टुक्राउनु सही नभएको उनको तर्क छ । उनी घटनापछि निकै निराश भएका थिए र गान्धीप्रति बदलाभाव जन्मिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय