मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह परराष्ट्रमन्त्रीको आग्रह

मा प्रकाशित

Prakash-Sharan-Mahatसिड्नी, १० मंसिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह गरे । उनले भने, ‘तपाईंहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ ।’

‘विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन’, उनले भने । गैरआवासीय नेपाली संघ अस्टे«लिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपालीसमक्ष विशेष जोड दिए ।

गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको स्मरण गर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि दिए । मन्त्री डा महतले परराष्ट्र नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कूटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे । सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे ।

मन्त्री महतले शुक्रबारै बिहान अस्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका थिए । सिड्नीमा नेपाल–अस्टे«लिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तक्र्रियामा पनि मन्त्री डा महत सहभागी भए । त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्रको सवलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गरे ।

सो कार्यक्रममा कांग्रेस पवर्तका पूर्वसभापति नवराज गुरुङ, सो संस्थाका अध्यक्ष विवेक थापा, सल्लाहकार नारायण काफ्ले, पूर्वअध्यक्ष महेन्द्र थापा र छिरिङ तेन्जी शेर्पालगायतले अस्ट्रेलियामा रहेका नेपालीको अवस्था र सम्भावनाबारे चर्चा गरेका थिए ।

मन्त्री डा महतले शनिबार सिंनीमा गैरआवासीय नेपाली संघ अस्टे«लिया र यहाँस्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया