कविता : अनुरोध

२०७३ माघ ८ गते १४:२१ मा प्रकाशित
विक्रम पवन

मेरो जिन्दगी र फूल
मलाई उस्तै उस्तै लाग्छ ।
जसरी शिशु जन्मन्छ र हुर्कन्छ
बढ्छ र यौवन फिजाउँछ
वीज छर्छ र जन्मन्छ फेरि उ जस्तै ।
मलाई मान्छेको जिन्दगी
बिग्रेको घडीजस्तो लाग्छ
सेकेन्ड सेकेन्डमा ठोकिएर
बांगीएको घडीको सुई जस्तो
कैले अंकगणितजस्तो लाग्छ
कैले बीजगणितजस्तो लाग्छ
कैले ज्यामितीयजस्तो लाग्छ
कैले यस्तो लाग्छ मान्छेको जिन्दगी
पाइथागोरस र साध्यको सिद्धान्तजस्तो
मलाई फूल र मेरो जिन्दगी उस्तै लाग्छ ।
कोपिला फक्रन्छ
सुन्दर फूल बन्छ
सुवास फिजाउँछ
सुगन्धित बनाउँछ बस्ती
यौवन लुट्न व्यस्त देखिन्छन् भमराहरू
वैँस छँदाछँदै बलात्कृत हुन्छन्
आपूm मौन हुन्छ
र अरू कसैलाई खुसी बनाउँछन् ।।
फूलहरू आपूm खुसी बाँच्न पाउँदैनन्
आपूm खुसी मर्न पाउँदैनन्
नचाहँदा नचाहँदै वैलिन नै पर्ने
मौरीहरूलाई सुम्पिनुपर्ने यौवन
कस्तो अचम्म छ सृष्टि
मान्छेलाई फूल बनाउनु पथ्र्याे
फूललाई मान्छे बनाउनु पथ्र्याे
अनि थाहा हुन्थ्यो मान्छेलाई
आपूm लुटिँदाको पीडा
जसरी फूलहरूले आफ्नो कुमारीत्व
आफ्नो भन्न पाएका छैनन् ।।
हुन त मान्छेहरू पनि
समयको गतिसँगै वैलिँदै जान्छन्
चाउरिँदै जान्छ बिस्तारै
जसरी घामको जिन्दगी चाउरिन्छ
अनि
प्रत्येक दिन मर्छ घाम
प्रत्येक दिन जन्मन्छ घाम
त्यसरी नै प्रत्येक दिन मर्छ मान्छे
प्रत्येक दिन जन्मन्छ मान्छे
एक मर्ने अर्काे जन्मने
यो प्रक्रिया चलिरहन्छ
चाहे जन्म होस् या मृत्यु

– बेथान– ४ रामेछाप

तपाइको प्रतिक्रिया