गजल

मा प्रकाशित

लाग्छ जहर पिएपछि याद हुनुपथ्र्याे ।
पोखिन्छ दूध उम्लिएपछि याद हुनुपथ्र्याे ।

पंक्षी नै होस् बाध्य हुन्छ पिँजडामा रम्न,
उड्ने प्वाँख काटिएपछि याद हुनुपथ्र्याे ।।

पुराना ती घाउहरू नकोट्याउँदा राम्रो ,
एकपटक बल्झिएपछि याद हुनुपथ्र्याे ।।

विश्वविजेता नै होस् झुक्नैपर्छ उसले,
हात पाउ बाँधिएपछि याद हुनुपथ्र्याे ।।

मेरो अन्तिम उपहार हुनेछ तिम्रा लागि,
मुटु झिकेर दिएपछि याद हुनुपथ्र्याे ।।

2 प्रतिक्रियाहरू

तपाइको प्रतिक्रिया