बहुदल त्यति छिटो आउला भन्ने लागेको थिएन: अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष नेकपा एमाले

२०७३ फागुन ७ गते १०:५८ मा प्रकाशित
प्रस्तुतिः चमिना भट्टराई

astalaxmiसात सालको फागुन सातलाई कसरी सम्झनुहुन्छ ?
–त्यतिबेला म जन्मेको थिइनँ । त्यहिवर्ष फागुन १० गते जन्मिएँ । तर, उति बेला हाम्रा अग्रजहरूले निरंकुश राणाशासनविरुद्ध गरेको बलिदानी र संघर्षले राणाशासनको अन्त्य भएको थियो । पूर्खाहरूले गरेको संघर्षको प्रतिफल प्रजातन्त्र स्थापना भएको हो । आफूले त्यहिबेला केही गर्न नपाए पनि त्यसलाई म सम्मान गर्छु ।

सातसालको क्रान्तिमा केही परिपक्वता भएन भन्ने टिप्पणी सुनिन्छ यसमा के भन्नुहुन्छ ?
–त्यतिबेलाको राजनीति बुझाइ र पार्टीहरूको कमजोर अवस्था अनि राणाका विरुद्ध लागेका शक्तिहरूबीचको अपरिपक्वताले त्यो परिवर्तन टिक्न नसकेको हो । पार्टीहरू ससक्त नभए र परिवर्तनलाई संस्थागत गर्ने सवालमा कमी भएको र त्यतिबेलाका शासकहरू बलिया भएका कारण ०७ सालको परिवर्तन संस्थागत नभएको हो भन्ने लाग्छ । पार्टीहरू भर्खर खुलेका कारण उपलब्धीलाई रक्षा गर्ने सवालमा परिपक्क ढंगले एकता भएर लाग्न नसक्दा उपलव्धी गुमेको हो भन्ने लाग्छ ।

०४६ सालको ०७ फागुनलाई चाहि“ कसरी सम्झनुहुन्छ ?
–०४६ मा आइपुग्दा पार्टीहरू प्रतिबन्धित थिए । म तत्कालीन माले पार्टीको झापा जिल्ला कमिटीमा रहेर भूमिगत थिएँ । सयुंक्तरूपमा सुरु हुनलागेको जनआन्दोलनलाई कसरी सफल बनाउने भनेर हामी चिन्तित थियौँ । त्यतिबेला सबैको एउटै मात्र लक्ष्य थियो, निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना । यो बाहेक केही लक्ष्य थिएन । जनतालाई त्यहिरूपमा संगठित गरिएको थियो । जबसम्म पूर्णरूपमा राजनीतिक अधिकार पाइँदैन तबसम्म कुनै पनि अधिकारको सुनिश्चिता हँुदैन भन्नेमा हामी सबै प्रष्ट थियौँ । जनतालाई यहि कुराले आन्दोलित गरेका थियौँ ।

०४६ को आन्दोलनमा तपाँईं कहा“ हुनुहुन्थ्यो ?
–आन्दोन सुरु भएको केही समयपछि मलगायत पार्टी झापा जिल्ला कमिटीका सम्पूर्ण सदस्य गिरफ्तार भयौँ । पार्टीको बैठक बसिरहेको स्थानबाट सम्पूर्ण दस्तावेजसहित हामी गिरफ्तारीमा प¥यौँ । हिरासतमा धेरै यातना दिन्थे, हामीले अफनो बारेमा केही भन्नै परेन । उनीहरूसँग सबै प्रमाणहरू थियो । उनीहरूको नजरमा हामी ठूला व्यवस्था विरोधी थियौँ । मलगायत हाम्रा साथीहरू बहुदल स्थापना भएको १२ दिनपछि रिहा भयौँ ।

०४६ सालको परिवर्तनमा केही कमीकमजोरी भयो भन्ने लाग्छ कि लाग्दैन ?
–त्यो बेलाको लक्ष्य र आवश्यकता राजतन्त्र फाल्ने र प्रजातन्त्र ल्याउनेबाहेक केही थिएन । त्यो भन्दा अगाडि केही सोचिएको पनि थिएन र जनतालाई त्यहि ढंगले आन्दोलमा उतारेका थियौँ । प्रजातन्त्र स्थापना नगरी विकास र निर्माणलगायत अरू आर्थिक र सामाजिक अधिकार प्राप्त हुने कुरै थिएन । त्यतिबेला कमीकमजोरी भन्दा पनि जुन उद्देश्यले आन्दोलन गरिएको थियो त्यहिरूपमा उपलब्धी खोजिएको हो र त्यहि प्राप्त ग¥यौँ । यसलाई कमीकमजोरी भन्दा त्यतिबेलाको माग भन्नु ठीक हुन्छ जस्तो लाग्छ ।

०४६ आन्दोलनको तयारी कम भएको कारण उपलब्धी पनि कम भयो भन्ने गुनासो जनतामा छ नी ?
–त्यतिबेला जे उपलब्धी भयो त्यहि ठीक हो भन्ने लाग्छ । परिवर्तन परिस्थिति र आवश्यकता अनुसार फरकफरक हुन्छ । त्यतिबेलाको राजनीतिक व्यवस्था, पार्टीहरूको अवस्था र जनताको भावना अनुसार जे भयो त्यहि ठीक हो । ०४६ मा अहिलेको जस्तो परिवर्तन खोज्नु अपरिपक्क निर्णय हुन्थ्यो । पार्टीहरूको अवस्था त्यहाँसम्म पुगेको थिएन । कम्युनिस्टहरू बलियो भइनसकेको र नेपाली कांग्रेसको संक्रिण सोचको बीचमा ठूलो उपलव्धी खोज्नु ठीक हँुदैन थियो । निरंकुश व्यवस्था ले दलहरूलाई बोल्ने लेख्ने अधिकारबाट वञ्चित गरेको बेलामा संवैधानिक राजतन्त्र नै उचित थियो ।

त्यसोभए त्यतिबेला मुलुक संवैधानिक राजतन्त्रभन्दा माथि जाने अवस्थामा थिएन ?
–हो, तत्कालीन मालेलगायत कम्युनिस्टहरू गणतन्त्रको पक्षमा हुँदाहँुदै पनि मुलुकको राजनीतिक अवस्था र जनताको चाहना अनुसार त्यतिबेला त्यहि ठीक थियो । त्यतिबेला कम्युनिस्टहरूले चाहेर मात्र गणतन्त्र आउने अवस्था थिएन । जनताका बीचमा हामी त्यति बृहत्रूपमा जान सकेका थिएनौँ । सबै पार्टीभित्र फरकफरक विचारहरू आइरहेका थिए । पञ्चायत फाल्न सबै मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने अवस्था थियो । आन्दोलनका साझेदार दल त्यसमा तयार थिएन । अझ कहिलेकाहीँ ०४६ को आन्दोनल छिटो भयो भन्ने पनि सुनिन्छ । हामी त जेलमा थियौँ, जेलमा भोगेको यातना र दमनको आधारमा पञ्चायत त्यति चाँडो ढल्ला भन्ने लागेको थिएन । तर, ढल्यो ।

आन्दोलन उत्कर्षमा पुग्दा गिरफ्तार हुनुभयो कस्तो लाग्यो ?
–हाम्रो सबैको ध्यान आन्दोलन सशक्त बनाउन जनसंगठन र पार्टी कमिटीको बैठकहरूमा थिए । दमक, बिर्तामोडलाइ केन्द्र बनाएर भेला गर्ने योजना बन्दै थियो । म खुल्ला हिँड्ने अवस्थामा थिइनँ भूमिगत थिएँ । झापाको लखनपुरमा बैठकको तयारीमा बसिरहेको बेला राती एक बजेतिर प्रहरीले घेराहालेर सबैलाई पक्राउन ग¥यो । म एक वर्ष पहिला इलाममा पक्राउ परी ३७ दिन हिरासतमा बसेर आएको थिएँ । पक्राउपर्ने झापाका सबै चिनिएका नेताहरू थिए, जसको कारण हामीलाई निकै कडा गरियो । तर, जहाँ भए पनि आन्दोलन सफल होस् र प्रजातन्त्र स्थापना होस् भन्ने चाहेको थिएँ ।

जेलमा बस्दा आन्दोलनमा असर पर्ला भन्ने लागेन ?
–चिन्ता धेरै लागेको थियो । मलाई झन् यातना दियो, यो खुंखार रहिछ पहिला पनि जेल परेकी भन्थे, पुलिसहरू । तर, हामी जेलमा परे पनि पार्टीले फेरि अर्को कमिटी बनायो र आन्दोलनलाई निरन्तरता दियो । हामी आन्दोलन र पार्टीका धेरै कुरा जेलमा बसेर पनि थाहा पाइरहन्थ्यौँ । बाहिर कसरी तयारी हुँदै छ भन्ने जानकारी लिन्थ्यौँ । जेल बाहिर भएका साथीहरूप्रति विश्वस्त थियौँ आन्दोनल सफल हुने कुरामा ।

०४६ को परिवर्तनप्रति नेपाली जनतामा असन्तोष छ ,तपाईं सन्तुष्ट हुनुहुन्छ ?
–नेपाली जनताको चाहना सिंगो निरंकुशताको अन्त्य थियो । जनतामा राजनीतिक परिवर्तन सँगै देश शान्ति पूर्णरूपमा समृद्धिको बाटोमा जानुपर्छ भन्ने चाहना थियो । समयसँगै राजनीतिक पार्टीहरू सत्तामा गए । तर, जनताले खोजेको जस्तो परिवर्तन भएन । व्यवस्था परिवर्तन भयो । जनताको भावना अनुसार राजनीतिक नेतृत्वले काम गर्न सकेन । देशलाई कसरी समृद्धीको बाटोमा लागे भनेर महत्वपूर्ण दिशा दिन सकिएन । व्यवस्था परिवर्तनसँगै सोचाइमा परिर्वतन हुनुपथ्र्याे भएन । इच्छाशक्तिले काम गर्ने हो भने सानो परिवर्तनले जनतालाई खुसी राख्न सकिन्थ्यो । त्यसको उदाहरण एमालेको नौ महिने कालमा गरेको लोकप्रिय कामले प्रष्ट पारेको छ । तर, कयौँ अवस्थामा जनताका चाहना पूरा गर्न सकिएन भन्ने कुरामा म पनि सहमत छु ।

नेतृत्वमा इमानदारी भएन भन्न खोज्नुभएको हो ?
–केही हदसम्म यो साँचो हो । त्यति ठूलो संकटमा आफूलाई बलिदानी दिन कठघरामा उभिन तयार भएका नेताहरू, शासन व्यवस्थाको विरुद्ध उभिएर गोली थाप्न तयार भएकाहरू परिवर्तनपछि किन डगमगाए ? मलाई पनि कहिलेकाहीँ जनताका कुण्ठाले पोल्छ । जिम्मेवारीपूर्ण काम गर्न कठिन भए होला । तर, आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरेर निःस्वार्थ भावनाले काम गर्नुपथ्र्यो । त्यो मामलामा हामीबाट केही कमी भयो भन्ने कुरामा म सहमत छु ।

तपाइको प्रतिक्रिया