सर्भिसिङ र एक्सचेन्ज मेला सम्पन्न

२०७३ चैत ३ गते १०:३० मा प्रकाशित
शुकदेव थपलिया

kavrकाभ्रे । टेक्नोस कम्प्युटर तथा सागर आइटी इन्डस्ट्रिज काठमाडौं (नेपालका लागि ब्रदर्स मेसिनको आधिकारिक विक्रेता) सँगको सहकार्यमा फागुन २६ देखि २८ सम्म प्रिन्टरसम्बन्धी उपकरणको फ्री–सर्भिसिङ क्याम्प तथा एक्सचेन्ज मेला सम्पन्न भएको छ ।
सदरमुकाम धुलिखेलमा ८ वर्षदेखि कम्प्युटर, प्रिन्टर, इन्टरनेट तथा अन्य प्रविधिको परामर्श तथा बिक्री–वितरण गर्दै आएको धुलिखेल टेक्नोस कम्प्युटरले प्रिन्टरको सर्भिसिङ क्याम्प तथा एक्सचेन्ज मेला पहिलोपटक गरेकोे हो । एक्सचेन्ज मेलामा ब्रदर कम्पनीको फोटोकपी मेसिन, प्रिन्टरसम्बन्धी उपकरण र मेसिन सामग्रीको निःशुल्क मर्मत (सर्भिसिङ) तथा अन्य कम्पनीका फोटोकपी, प्रिन्टर मेसिन साटिदिएकोे आयोजकले जानकारी दिएको छ ।
मेलाको बारेमा धुलिखेल टेक्नोस कम्प्युटरका सञ्चालक अवोधभूषण खोंजुले जानकारी दिएका छन् । धुलिखेल बसपार्क आशा भवनमा तीन दिने मेलामा स्थानीय सरकारी, गैर–सरकारी कार्यालय तथा वित्तीय संघसस्थाका प्रतिनिधि एवं सूचना प्रविधिसँग सम्बन्धित अवलोकनकर्ताले फाइदा लिएको आयोजकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया