साई ग्लोबल क्रिकेट क्लब विजयी

२०७३ चैत ४ गते १२:४५ मा प्रकाशित
सौर्य समाचार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भएको शशिकान्त–शकुन्तला बर्मा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवाले गोलपार्क क्रिकेट क्लब बुटवललाई ३२ रनले हराउँदै लिग चरणमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभर नै खेल्दै नौ विकेटको क्षतिमा एक सय ४९ रन बनायो । साई ग्लोबलका लागि रुपेश बास्तोलाले २४, अजय रसाइलीले २२ र अभिषेक ढकालले नटआउट २० रनको योगदान दिए ।
बलिङतर्फ गोलपार्कका लागि राजेश थापाले तीन, विनित पौडेल र सरण रसाइलीले समान २÷२ र मदन न्यौपानेले एक विकेट लिए । प्रतिउत्तरमा मैदानमा उत्रेको गोलपार्कले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय १७ रन मात्र बनाएपछि हार बेहो¥यो । गोलपार्कका लागि विनित पौडेलले नटआउट ३८, अरविन्द सारुले ३२ र राजेश थापाले १५ रन बनाए । साई ग्लोबलका लागि रुपेश बास्तोलाले दुई, राहुल थापा, अभिषेक ढकाल र मोहम्मद हुसेनले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच साई ग्लोबलका रुपेश बास्तोला घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतियोगितामा शुक्रबार दुई वटा खेल हुनेछन् । पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र बुद्ध क्रिकेट क्लब भैरहवाबीच हुनेछ भने देस्रो खेल वेस्टर्न क्रिकेट क्लब बुटवल र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच हुने आयोजकले जनाएका छन् । प्रतियोगिताका विजेताले नगद ५० हजार र ट्रफी, उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद १० हजार, बेस्ट ब्याट्सम्यान तथा बेस्ट बलरले नगद पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगिता १२ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुबाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रूपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय शकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् । खेलपूर्व एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया