दाहाल र सीबीच भेट निश्चित

२०७३ चैत ७ गते १२:४१ मा प्रकाशित
सौर्य समाचार

images_cms-image-000005645काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिँया राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेट हुने निश्चित भएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जनाएका छन् । चीनको हेनान प्रान्तको बोआआमा हुने ‘एसियन फोरम’ मा भाग लिएर प्रम दाहाल बेइजिङ जाने सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका कार्कीले बताए ।
‘सम्मेलनमा भाग लिएर प्रधानमन्त्री बेइजिङ पुग्ने र त्यहीँ १३ चैतमा राष्ट्रपति सीसँग उनको भेट हुने तय भएको छ’, कार्कीले भने । १० चैतमा नेपाल आउँदै गरेका चिनियाँ रक्षामन्त्री चाङ वाङक्युलाई भेटेर प्रम दाहाल ११ गते चीन जाने तयारी भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए ।
‘११ चैतमा बिहानको टिकट खोज्दै छौँ, अझै जाने मिति तय भइसकेको छैन । तर, सानो टिम चीन प्रस्थान गर्छ, बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको औपचारिक भेट बोआओ सम्मेलनपछि शनिबार साँझ निश्चित भएको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो दोस्रो चीन भ्रमण हो । प्रम दाहाल यही ९ चैतदेखि हुने ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार ः एसियाका अवधारणाहरू’ विषयको बोआओ सम्मेलनमा सहभागी हुने र १३ गते बेइजिङमा राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम बनेको छ । दाहालको चीन भ्रमणका बेला गरिने सम्झौताको बारेमा परराष्ट्र मन्त्रालयले अझै गृहकार्य गरिरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया