छुद्र स्वार्थ पूरा गर्न सकिँदैन ः ओली

२०७३ चैत ७ गते १२:४२ मा प्रकाशित
सौर्य समाचार

नेपालगञ्ज । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको नाममा केही व्यक्तिको छुद्र स्वार्थ पूरा गर्न नसकिने बताएका छन् ।
एमाले बाँके प्रचार विभागले आइतबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ‘राजनीतिको आडमा आफ्नो छुद्र स्वार्थ पूरा गर्नका लागि अराजनीतिक, हिंसात्मक, अराजक, अनुचित कार्य भएको छ । यस्तो कार्य राजनीतिमा कहीँ कतै देख्न नपाइए पनि नेपालै हो, यहाँ जे पनि देख्न पाइन्छ ।’
उनले अघि भने, ‘मधेसी मोर्चाले राजनीतिको नाममा अपराधिक गतिविधि सञ्चालन गर्दै लोकतन्त्रको उपहास गरेको छ । लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैन तर, सरकारै लुलो र फितलो भएपछि कसको के लाग्छ र ?’ उनले राजनीतिमा विरोध गर्न पाउने अधिकार सबैको रहेको भए पनि अराजकता, हिंसा बढाउने, शान्तिपूर्ण भन्दै बम हान्ने अधिकार कसैलाई नभएको बताए ।
एमालेको अभियान संविधान कार्यान्वयनको लागि भएको भन्दै उनले यसबाट कसैको टाउको दुखेको भए भन्नु केही नभएको एमाले ओलीले बताए । उनले भने, ‘हामी चाहान्छौँ, नेपालमा विकास होस्, स्थायीत्व होस्, हाम्रा कुरा केही कसैलाई मन परेको छैन भने नपरोस् ।’ संविधानले जातीय, वर्गीय विभेद गरेको भन्दै मधेसी मोर्चाका नेताहरूले अराजकताको खेती गरेको ओलीको आरोप छ । ‘आफ्नो क्षणिक स्वार्थ छाड्नुहोस्, संविधानले विभेद ग¥यो भन्नुहुन्छ के विभेद भयो भन्दा जवाफ छैन । अधिकार पाएनौँ भन्नुहुन्छ, के अधिकारबाट वञ्चित हुनुभयो भन्दा पनि जवाफ छैन,’ उनले भने, ‘सधैँ आफ्नो छुद्र स्वार्थको लागि जनता भड्काउँदै लडाउने मराउने कार्य अब बन्द हुनुपर्छ ।’
राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमान रक्षाका लागि बोल्दा आवाज उठाउँदा कसैको मन भत्भती पोल्छ भने हामीले के नै गर्न सक्छौँ र ? भन्दै उनले भने, ‘युरो र डलरमा चल्ने आपूmलाई बुद्धिजीवी भन्नेहरू र द्वन्द्वको खेती र पसल चलाउनेहरूको कारणले पनि मुलुक अस्थिरतातिर धकेलिएको छ । एमाले जिम्मेवार पार्टी भएकोले चुप लागर बस्दैन ।’
संविधान कार्यान्वयनको लागि निर्वाचन आवश्यक भएको भन्दै ओलीले भने, ‘नेपाली जनताका लागि अनुपयुक्त काम संसद्ले गर्न सक्दैन भन्ने बुझिसकेका छन् । अबको निर्वाचनपछि जनताले दह्रो जवाफ दिनेछन् ।’

तपाइको प्रतिक्रिया