निर्भयमा निखिलको पत्नी नीता

२०७३ चैत ७ गते १२:५९ मा प्रकाशित
सौर्य समाचर

neeta-dhunganaकाठमाडौं । नायिका नीता ढुंगाना अभिनीत चलचित्र ‘निर्भय’ ११ चैतबाट देशभर रिलिज हुँदै छ । यो चलचित्रमा नीता नायक निखिल उप्रेतीकी पत्नीको भूमिकामा देखिएकी छन् । उनले चलचित्रका बारेमा केही मुख खोलेकी छन् । उनले भनिन्, ‘यो चलचित्रमा म निखिलकी पत्नीको भूमिकामा छु । तर, सो पिसको रूपमा होइन । पतिलाई देशको लागि काम गर, म घर सम्हाल्ने काम गर्छु भन्ने पत्नीको भूमिकामा दर्शकले मलाई हेर्न सक्नुहुनेछ ।’
उनको यो भनाइसँग प्रहरी अफिसर्सका भूमिकामा रहेको भनिएको निखिललाई नीताले के सुझाव देलिन् त्यो हेर्न बाँकी नै छ । उनले भने निखिलसँग नाच्न अति गाह्रो भएको दुःखेसो गरेकी छन् ।
उनको केही समयअगाडि चलचित्र क्षेत्रकै एक जना नायकसँग गसिप जोडिएको थियो । तर, अहिले नीता त्यो स्वीकार्न मान्दिनन् । उनले सञ्चारमाध्यमसँग रिल लाइफ र रियल लाइफका बारेमा खुलेर कुरा गरेकी छन् । उनले ‘मलाई बुझ्ने, मेरो कामलाई बुझ्ने, सम्मान गर्ने, माया गर्ने युवक म चाहन्छु’ भनिन् ।

तपाइको प्रतिक्रिया