नववर्षको शुभकामना

मा प्रकाशित

उत्साह बोकी नववर्ष आयो
नवीन आशा सबमा पलायो
तमाम पीडा अब होस् सुदूर
हाम्रो यही नै शुभकामना छ ।।१।।
अतीत सम्झे मन हुन्छ भारी
भो स्वार्थको मात्र सधैं सबारी
छ घाउ गैह्रो पुरियोस् तुरुन्त
हाम्रो यही नै शुभकामना छ ।।२।।
नाङ्गो भयो देश लुटेर सारा
र शेष भो केवल आँसु धारा
त्यो आँसु कैले नि नझर्नु पर्छ
हाम्रो यही नै शुभकामना छ ।।३।।
कुभावले चित्त जलाउनेछ
गर्दा खुराफात रुवाउनेछ
फैलोस् सदाचार ढलोस् कुभाव
हाम्रो यही नै शुभकामना छ ।।४।।
टुट्नेछ सम्वन्ध विखण्डबाट
सद्प्रेम मर्नेछ बढेर ढाँट
अखण्ड नेपाल रहोस् अखण्ड
हाम्रो यही नै शुभकामना छ ।।५।।
रहोस् सबैसङ्ग पवित्र सोच
अकासियोस् मान र शान,ओज
चाँडै बनोस् शान्त समृद्ध देश
हाम्रो यही नै शुभकामना छ ।।६।।

तपाइको प्रतिक्रिया