महाभारतका कथा रहस्यमै

मा प्रकाशित

संस्कृतमा लेखिएको दुई मध्येको एक ठूलो ग्रन्थ ‘महाभारत’
कथैकथाले भरिएको छ । एक लाखभन्दा बढी श्लोकले भरिएको यो बाइबलभन्दा ३ गुणा ठूलो ठहरिन्छ । भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्यत्र पनि भेटिन्छ तर यहाँ जे भेटिँदैन त्यो अन्यत्र कतै पनि भेटिँदैन ।’
आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं ।
पाँच सुनका तीर

mahabharat-story-4-300x237जब महाभारतको युद्धमा कौरवहरू पाण्डवसँग हार्दै थिए, एक रात दुर्योधन भिष्मलाई रिस पोख्न गए । पाण्डवप्रतिको स्नेहले मन लगाएर युद्धमा भाग नलिएको भन्दै दुर्योधनले भिष्मलाई दोष लगाउन थाले । भिष्म रिसले चूर भए, नजिकै रहेको पाँच सुनका तीर उठाए अनि मन्त्र जप्न थाले । उनले दुर्योधनको अगाडि, भोलि तीनै पाँच सुनका तीरले पाँच पाण्डवलाई मार्ने घोषणा गरे । भिष्मको सो घोषणामा विश्वास नगरी ती पाँचै तीर बिहान फर्काउँछु भनी दुर्योधनले लगे ।
पुराना दिन
महाभारतको युद्ध
हुनुभन्दा धेरै पहिले, जब पाण्डव वनवास गएका थिए कथा त्यो बेलाको हो । दुर्योधन पनि पाण्डवहरू बसेको पोखरीको अर्कोपट्टी बस्न पुगे । पोखरीमा नुहाउँदै गर्दा स्वर्गबाट केही गन्धर्व झरे । मूर्ख बुद्धिका दुर्योधन कुनै कारणविना नै गन्धर्वहरूमाथि जाइलागे । हारपछि दुर्योधनलाई समातियो । नजिकै रहेका अर्जुनले थाह पाइ दुर्योधन छुटाउन आए । क्षत्रीय भएको नाताले दुर्योधनलाई यो घटना निकै लाजमर्दो भयो । दुर्योधनले अर्जुनलाई वर माग्न भने । जहिले आवश्यक पर्छ सोही बेला वर माग्ने अर्जुनले बताए ।
अर्जुनले मागेको वर
महाभारतको युद्ध हँुदै गर्दा एक रात, भगवान् कृष्णले अर्जुनलाई पुरानो वरको बारेमा सम्झाउँदै दुर्योधनसँग पाँचवटा सुनका तीर मागेर ल्याउन भने । अनि सोही पाँच तीर वरको रूपमा माग्न अर्जुन दुर्योधनकोमा पुगे । क्षेत्रीय
धर्मअनुसार दिएको वचन पूरा गर्नुपर्ने भएकाले दुर्योधनले दिन्न भन्न सकेनन् । तीर दिइसकेपछि दुर्योधनले सोधे, ‘कसले भन्यो सुनको तीरको बारेमा ?’ अर्जुनले भने, ‘भगवान् कृष्ण’ ।
अर्को पाँच सुनका तीर माग्न दुर्योधन फेरि भिष्मको पुगे । दुर्योधनलाई त युद्ध जित्नु थियो । तर भिष्म हाँस्न लागे अनि अब फेरि त्यस्तै ५ तीर दिन सम्भव नहुने बताए । आफैंले अविश्वास गरी तीर नमागेको भए, अर्जुनले ती तीर भेट्थेनन्, अनि भिष्मले आफ्नो वचन पूरा गर्न पाउँथे, पाण्डवको मृत्युपछि दुर्योधनले युद्ध जित्थे । जुन हुन पाएन ।
दोर्णाचार्यको जन्म
mahabharat-story-3-278x300पाण्डव अनि कौरवका गुरु, दोर्णाचार्यको जन्म निकै रोचक छ । दोर्णाचार्यलाई संसारकै पहिलो ‘टेस्ट ट्युब वेबी’ भन्दा फरक नपर्ला । ऋषि भारद्वाज दोर्णाचार्यका पिता हुन, अनि माता कृथजी नामकी अप्सरा ।
एक दिन ऋषि भारद्वाज बेलुकाको प्रार्थनाको लागि तयारी गर्दै थिए । गंगामा सधँै झँै नुहाउनको लागि हिँडे । पुग्दा त देख्छन्, आफू सधँै नुहाउने ठाउँमा निकै राम्री अप्सरा नुहाउँदै छिन । भारद्वाजलाई देखेपछि ती अप्सरा गंगाबाट बाहिर आइन, केवल एक वस्त्र थियो उनको शरीरमा । अकस्मात ती अप्सराको एकसरो वस्त्रले धोका दियो, नदीको किनारामा आउँदै गर्दा चिप्लिएर वस्त्र भुइँमा खस्यो ।
मन्त्रमुग्ध भई हेरिरहेका ऋषि भारद्वाजको वीर्य खस्यो । ऋषिले सो वीर्य माटोको भाडोमा जम्मा पारे । अनि आश्रममा लगे अनि अँध्यारो ठाउँमा सुरक्षित राखे । दोर्ण सोही माटोको भाँडोमा जन्मिएका थिए । द्रोणको अर्थ भाँडो हुन्छ, अनि द्रोणको अर्थ हुन्छ माटाको भाँडाबाट जन्मिएको ।
कर्णको अन्तिम परीक्षा
कृष्णलाई कर्णको उदारता अन्तिम समयमा पनि जाँच गर्नु थियो । कृष्णले एक गरिब ब्राह्मणको रूप लिएर कर्णसामु पुगे । कर्ण महाभारतको
युद्धभूमिमा रगताम्य थिए, जीवनको अन्तिम श्वास लिँदै मृत्युको प्रतीक्षामा थिए ।
कृष्णले पुकारे, ‘कर्ण ! कर्ण !’ कर्णले उत्तर दिए, ‘हे ब्राह्मण को हो तपार्इं ?’ ब्राह्मणको रूप धरेका कृष्णले भने, ‘लामो समयदेखि तिम्रो उदारताको कथा सुन्दै आएको छु, जे माग्यो त्यही दिन्छांै रे ! आज म तिमीसँग केही माग्न आएको छु’, ‘जे मागे पनि म दिन तयार छु’, कर्णले उत्तर दिए ।
‘मलाई थौरै सुन चाहिएको छ’, कृष्णले कर्णसँग भने । कर्णले मुख खोले अनि दाँतको बीचमा भएको सुन देखाउँदै भने, ‘म यी सुन दिन्छु, तपाईं यी लैजान सक्नुहुन्छ ।’ रिसाएको जस्तो स्वरमा कृष्णले भने, ‘के म तिम्रो दाँत झारेर ती सुन लिएर जाउँ । म कसरी त्यस्तो काम गर्न सक्छु’, कर्णले नजिकैको ढुंगा उचाले अनि आफ्नो दाँतमा हिर्काएर सुनका ती दाँत ब्राह्मणलाई दान दिए ।

कृष्ण कसरी पाण्डवको पक्षमा आए ?
मायावी भगवान् विष्णुका मानव रूपी कृष्णले पाण्डवकै पक्ष किन लिए ? महाभारतको युद्ध सुरु हुनुअघि अर्जुन र दुर्योधन दुवै कृष्णलाई भेट्न गएका थिए । दुवैको उद्देश्य कृष्णलाई आफ्नो पक्षमा सामेल गर्ने थियो । कृष्णको महलमा पहिले पुग्ने दुर्योधन सरासर कृष्णको कक्षमा गए । कृष्ण सुतिरहेको भेटिए, कृष्णको टाउको पट्टी दुर्योधन नजिकैको कुर्सी तानेर बेसेका मात्र थिए अर्जुन आइपुगे । कृष्ण सुतेको देखेर पर्खने विचार गरे अनि खुट्टातिर गई बसे ।
केही बेरमा कृष्ण जागे, उनको नजर सिधै
खुट्टातर्फ बसेका अर्जुनतर्फ गयो । भेट्न आउनुको कारण सोधे । तर दुर्योधनले अब अर्जुनलाई कृष्णले सहयोग गर्लान भन्ने सोची अर्जुनलाई बोल्न नदिई आफू आउनुको कारण बताए । पहिला आएको कारण आफ्नो आग्रह मान्नुपर्ने मनसाय व्यक्त गरे ।
पहिलेदेखि नै पाण्डवलाई मनमा राख्दै आएका कृष्णले निकै चतुर उपाय निकाले । उनले अर्जुन र दुर्योधनको आग्रहलाई दुई खण्ड पारेर दुवैलाई एउटा रोज्न लगाए । कृष्णले दुर्योधनलाई
उठ्नेबित्तिकै अर्जुनलाई देखेकाले अर्जुनको आग्रहलाई प्राथमिकता दिने बताए ।
कृष्णले भने, एकजनाको सेनामा म समाले हुन्छ । तर म युद्धमा हतियार उठाउँदिन । अर्कोतिर मेरा यादव सेना हातहतियारसहित जानेछन् । अर्जुनले कृष्णलाई रोजे अनि हतियार नउठाउने कुरामा पनि सहमति जनाए ।
दुर्योधन यता निकै खुसी हँुदै थिए । उनलाई आफ्नो भाग्यमा यस्तो भरोसा लागेको थिएन कि कृष्णको यादव सेना आफ्नो पक्षमा युद्ध गर्नेछन् । कृष्णले मुस्कुराउँदै बिदा गरे । खुसी हँुदै यादव सेना आफ्नो पक्षमा पारेर दुर्योधन हिँडे । महाभारत युद्ध भयो अन्त्यतः जता कृष्ण थिए विजय त्यतै भयो ।
अश्वत्थामाका ९ रोचक कथा

ashwatthama-4महर्षि वेदव्यासले रचेका महाभारतमा यस्ता अनेक पात्र छन्, जसको बारेमा सायदै कमैलाई धेरै कुरा थाह छ, तर धेरैलाई जान्ने मन हुन्छ । अश्वत्थामा त्यस्तै एक पात्र हुन् । उनी महाभारतका प्रमुख पात्र मध्येकै एक हुन । हिन्दू धर्ममा जुन ८ पुरुषलाई अमर मानिएको छ, अश्वत्थामा तीनै मध्येका एक हुन । मृत्युभन्दा अघि दुर्योधनले अश्वत्थामालाई कौरव सेनाको सेनापति बनाएका थिए । अश्वत्थामालाई जोडिएका यस्ता अनेकौं रोचक कुरा छन, जुन कमै मानिसलाई थाहा छ । लौ आउनुहोस् पढाँै अश्वत्थामाको बारेमा केही रोचक कुरा ः
महादेवका अशांवतार
महाभारतअनुसार गुरु दोर्णाचार्यको विवाह कृपाचार्यकी बहिनी कृपीसँग भएको थियो । कृपीको गर्भबाट अश्वत्थामाको जन्म भयो । उनले जन्म लिनासाथ अश्वको समान शब्द लिए, जसको कारण उनको नाम अश्वत्थामा राखिन गयो । उनी महादेव, यम, काल र क्रोधको सम्मिलित अंशबाट उत्पन्न भएका थिए । अश्वत्थामा महा पराक्रमी थिए । युद्धमा उनले कौरवलाई साथ दिए । मान्यता यो छ कि अश्वत्थामा अहिले पनि जीवित छन् । यिनको नाम अष्ट चिरञ्जीवीहरूमा लिइन्छ ।
यो मान्यतासँग जोडिएको एक श्लोक पनि छ ।
अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण ः ।
कृप ः परशुरामश्च सप्तएतै चिरजीविन ः।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित ।।’
अर्थात् अश्वत्थामा, बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिलाई बिहान बिहान स्मरण गर्नाले सबै बिमारी समाप्त हुन्छ र मनुष्य सय वर्षको आयु प्राप्त गर्छ ।
अश्वत्थामालाई अधिक ज्ञान दिन चाहन्थे दोर्णाचार्य
महाभारतका अनुसार दोर्णाचार्य जब कौरव र पाण्डवलाई शिक्षा दिँदै थिए, तब उनको एक नियम थियो । नियमअनुसार, दोर्णाचार्यले आफ्नो सबै शिष्यलाई पानी भर्नका लागि एउटा–एउटा भाँडो दिएका थिए । जो सबैभन्दा पहिले त्यो भाँडोमा पानी भर्दथ्यो, दोर्णाचार्य उसलाई धनुर्विद्याको गुप्त रहस्य सिकाउँथे । दोर्णाचार्यलाई आफ्नो पुत्र अश्वत्थामाप्रति विशेष प्रेम थियो, यसले उनलाई सानो भाँडो दिएका थिए ।
त्यसैले उनी सबैभन्दा पहिले पानी भरेर आफ्नो पितासँग शस्त्रका गुप्त रहस्य सिक्न गइहाल्थे । अर्जुनले पनि त्यो कुरा थाहा पाए । आफ्नो वारुणास्त्रको माध्यमले छिटो पानी भरेर उनी पनि गुप्त रहस्य सिक्न दोर्णाचार्य भएको ठाँउमा पुगिहाल्थे । त्यसैले अर्जुन पनि कुनै पनि कुरामा अश्वत्थामाभन्दा कम थिएनन् ।
जब अश्वत्थामाले चलाए नारायण अस्त्र

lord-krishna-mahabharatयुद्धमा जब धृष्टद्युम्नले छल गरेर दोर्णाचार्यको वध गरे तब अश्वत्थामा निकै क्रोधित भए । आफ्नो पिताको मृत्युको बदला लिन उनले नारायणास्त्र चलाए । यो अस्त्रको प्रभावले पाण्डवको सेनामा खलबली मच्चियो । अश्वत्थामाले यो अस्त्रको बारेमा दुर्योधनलाई बताए कि, सो अस्त्र गुरु द्रोर्णलाई स्वंय भगवान् नारायणले दिएका थिए । उक्त अस्त्रले शत्रुको नाश गरेरै मात्र फर्किन्थे । नारायणास्त्रले अन्य विभिन्न प्रकारका दिव्यास्त्रलाई पनि नष्ट गर्न सक्थ्यो ।
जब कृष्णले देखे कि नारायणास्त्रले सेनामा तहल्का मच्चाउँदै छ अनि पाण्डवहरूको प्राण पनि संकटमा छ, उनले सबैलाई आफ्नो रथ रोकेर भुइँमा झरी आआफ्नो शस्त्र तल राखी नारायणास्त्रको शरणमा जान भने । नारायणास्त्र शान्त गर्ने यो मात्र एक उपाए थियो । सबैले कृष्णको यो कुरा माने । यस प्रकार नारायणास्त्रको प्रकोप शान्त भयो अनि पाण्डवको ज्यान बच्यो ।
कृष्ण–अर्जुनलाई छोएन आग्नेयास्त्र
नारायणास्त्र विफल भएपछि अश्वत्थामाले आग्नेयास्त्र प्रयोग गरे । यो अस्त्र पनि महाभयंकर थियो । यसको अग्निले पाण्डवको एक अक्षौहिणी सेना नष्ट भयो । (अक्षौहिणी शब्दको प्रयोगद्वारा प्राचीन भारतमा सेनाको संख्या नापिन्थ्यो । यो संस्कृतको शब्द हो । विभिन्न स्रोतका अनुसार यसको संख्यामा केही केही अन्तर भेटिन्छन् । महाभारतका अनुसार यसमा २१,८७० रथ, २१,८७० हात्ती, ६५, ६१० घोडसवार एवं १,०९,३५० पैदल सैनिक हुन्थे ।)
यो अस्त्रको प्रयोगले हावा निकै तात्न पुग्यो । ठूला ठूला हात्ती युद्धभूमिमा लड्न थाले । तब अर्जुनले ब्रह्मास्त्र चलाए । ब्रह्मास्त्र चलाएपछि फेरि हावा तेजसँग चल्न थाल्यो । अर्जुन, श्रीकृष्ण र उनको रथमा आग्नेयास्त्रको कुनै प्रभाव परेन ।
अर्जुन र श्रीकृष्णलाई आग्नेयास्त्रले कुनै प्रभाव नगरेको देखेर अश्वत्थामा निकै आश्चर्यमा परे । तब महर्षि वेदव्यास सो ठाउँमा आए अनि अश्वत्थामालाई भने कि श्रीकृष्ण र अर्जुन भगवान् नर–नारायणका अवतार हुन् । उनीहरूलाई कुनै पनि अस्त्रले प्रभाव पार्न सक्दैन । पुरानो समयमा भगवान् नारायणले तपस्या गरेर भगवान् महादेवबाट अनेकौं वरदान पाएका थिए । यसैको प्रभावले उनीहरूमाथि विजय पाउन सम्भव छैन । महर्षि वेदव्यासको कुरा सुनेर अश्वत्थामा रणभूमिबाटै फर्के ।
अश्वत्थामाले मागे श्रीकृष्णको सुदर्शन चक्र
एक पटक अश्वत्थामा द्वारिका गए । भगवान् कृष्णले उनलाई ठूलो स्वागत गरे अनि अतिथिको रूपमा आफ्नो महलमा बसाए । केही दिन त्यहाँ बसेपछि अश्वत्थामाले श्रीकृष्णसँग भने कि आफ्नो अजय ब्रह्मास्त्र लिएर आफूलाई उनको सुर्दशन चक्र दिऊन । भगवान् कृष्ण भने, ठीक छ, मेरो कुनै पनि अस्त्रमा मन परेको उठाएर लैजानु । मलाई बदलामा केही पनि चाहिँदैन ।
अश्वत्थामाले भगवान्को सुदर्शन चक्र उठाउने प्रयास गरे, अलिकति पनि हच्किएन । कयौं पटकको प्रयासमा पनि उनले सुदर्शन चक्र उठाउन सकेनन् । अश्वत्थामालाई निकै लाज भयो । विनाकुनै अस्त्र लिएर उनी द्वारिकाबाट हिँडे ।
कौरवका अन्तिम सेनापति अश्वत्थामा
जब भीमले गदा युद्धमा दुर्योधनको जाँघ तोडे अनि मर्नको लागि छोडिदिए तब त्यहाँ अश्वत्थामा, कृपाचार्य र कृतवर्मा आए । दुर्योधनको त्यस्तो अवस्था देखेर अश्वत्थामाले पाण्डवसँग बदला लिने प्रण गरे । दुर्योधन भने पछि कृपाचार्यले अश्वत्थामालाई सेनापति बनाए ।
अश्वत्थामाले सोचे कि रातको समय पाण्डवहरू विजय प्राप्त गरेर आफ्नो– आफ्नो शिविरमा आराम गर्दै हुनेछन् । सोही अवस्थामा उनीहरूको वध गर्न सम्भव हुन्छ । श्रीकृष्ण र पाण्डव सो समय कौरव शिविरमा थिए, यो कुरा अश्वत्थामालाई थाहा थिएन । कृपाचार्यले अश्वत्थामासँग भनेकी राती सुतेको समय वीरहरूमाथि प्रहार गर्नु नियमविरुद्ध हुन्छ, तर अश्वत्थामाले कृपाचार्यको कुरा मानेनन् । अन्त्यमा कृपाचार्य र कृतवर्मा पनि अश्वत्थामालाई साथ दिन मञ्जुर भए ।
महादेवसँग युद्ध गरेका थिए अश्वत्थामाले
पाण्डवसँग बदला लिने उद्देश्यले अश्वत्थामा जब रातको समय पाण्डवको शिविर पुगे तब उनले देखे शिविरको बाहिर एक विशालकाय पुरुष ढोकामा खडा छ । बाघ अनि हरिणको खोल पहिरिएका ती व्यक्तिको थुप्रै हात थियो । अनि प्रत्येक हातमा थरी थरीका अस्त्र । मुखबाट आगोको लप्का निक्लँदै थियो ।
ती व्यक्तिको तेजले हजारौं विष्णु प्रकट हुनसक्थ्यो । उनी स्वयं भगवान् महादेव थिए । महादेवको त्यस्तो भयंकर रूप देखेर पनि अश्वत्थामा डराएनन् अनि उनीमाथि दिव्यास्त्रका प्रयोग गर्न थाले । तर ती अस्त्रले भगवान् शिवमाथि कुनै असर भएन । यो देखेर अश्वत्थामा भगवान् शंकरको उपासना गर्न थाले अनि आफ्नै बलि दिन लागे ।
तब महादेवले अश्वत्थामासँग भने कि श्रीकृष्णले तपस्या, नियम, बुद्धि र वाणीले मेरो आराधना गरेका छन् । उनीभन्दा बढी प्रिय अन्य हुन सक्दैनन् । पाञ्चालको रक्षा पनि मैले उनकै लागि गरेको थिए । तर कालवश यो आवश्यक रहेन । यस्तो भनेर महादेवले अश्वत्थामालाई एक तरबार दिए र स्वयंको अश्वत्थामाको शरीरमा लीन गरिदिए । यसप्रकार अश्वत्थामा अत्यन्त तेजस्वी भए ।
अश्वत्थामाले गरे द्रौपदी पुत्र वध
महादेवबाट शक्ति प्राप्त गरेपछि अश्वत्थामा पाण्डवको शिविर प्रवेश गरे । सबैभन्दा पहिले द्रौपदीको भाइ धृष्टद्युम्नलाई पिटेर मारिदिए । त्यसपश्चात् अश्वत्थामाले उत्तमौजा, युधामन्यु, शिखंडी आदि वीरहरूको पनि वध गरिदिए । तब अश्वत्थामालाई रोक्नका लागि द्रौपदीका पुत्र आए, तर उनले महादेवको तरबारले उनको पनि वध गरिदिए ।
हेर्दाहेर्दै अश्वत्थामाले पाण्डवको बचेका सेनाको पनि सफाइ गरिदिए । यस्तो प्रकारको भयंकर कर्म गरेपछि अश्वत्थामा शिविरको बाहिर आए र उनले पाञ्चाल वीर र द्रौपदीका पुत्रको वधको बारेमा कृतवर्मा र कृपाचार्यलाई बताए । तीन जनाले निश्चय गरे कि यो समाचार तुरन्त दुर्योधनलाई बताउनु पर्छ ।
यस्तो विचार गरेर तीनै जना दुर्योधन भएको ठाउँमा पुगे । उक्त बखतसम्म दुर्योधनले प्राण त्यागिसकेका थिएनन् । दुर्योधन भएको ठाउँमा पुगी अश्वत्थामाले
भने कि अब पाण्डवको साथमा केवल श्रीकृष्ण, सात्यकि र पाण्डवमात्र बचेका छन्, अन्य सबैको वध भइसकेको छ । यो समाचार सुनेर दुर्योधन प्रसन्न भए अनि केही बेरमा उनको प्राण गयो ।
श्रीकृष्णले दिए अश्वत्थामालाई श्राप
जब अश्वत्थामाले रातिको समय द्रौपदीका पुत्रको वध गरिदिए तब पाण्डव क्रोधित भएर उनलाई खोज्न थाले । अश्वत्थामालाई खोज्दै उनीहरू महर्षि वेदव्यासको आश्रममा पुगे । अश्वत्थामाले देखे कि पाण्डव आफूलाई मार्न आएका हुन् अनि उनले पाण्डवको नाश गर्न ब्रह्मास्त्र प्रहार गरे । कृष्णले भनेपछि अर्जुनले पनि ब्रह्मास्त्र चलाए । दुईटै
ब्रह्मास्त्रको अग्निले सृष्टि जल्न थाल्यो । सृष्टिको संहार भएको देखेर महर्षि वेसव्यासले अर्जुन र अश्वत्थामालाई आफ्नो आफ्नो ब्रम्हास्त्र फिर्ता लिनको लागि भने ।
अर्जुनले तुरन्त आफ्नो अस्त्र फिर्ता लिए, तर अश्वत्थामालाई ब्रह्मास्त्र फिर्ता लिने कुनै ज्ञान थिएन त्यसैले आफ्नो ब्रह्मास्त्रको दिशा बदलेर अभिमन्युकी पत्नी उत्तराको गर्भको तर्फ गरिदिए अनि भने मेरो यो अस्त्रको प्रभावले पाण्डवका वंश समाप्त हुनेछ । तब श्रीकृष्णले अश्वत्थामालाई भने कि तेरो अस्त्र अवश्य नै अचूक छ, तर उत्तराको गर्भबाट उत्पन्न मृत शिशु पनि जीवित हुनेछ ।
यस्तो भनेर श्रीकृष्णले अश्वत्थामालाई श्राप दिए कि ‘तँ तीन हजार वर्षसम्म पृथ्वीमा भट्किने छस् र तैले कसैसँग कुरा गर्न सक्ने छैनस । तेरो शरीरबाट पीप र रगत बगिरहनेछ । यसपछि अश्वत्थामाले महर्षि वेदव्यासको कुराले आफ्नो मणि निकालेर पाण्डवलाई दिई आफै वनतिर हिँडे । अश्वत्थामाबाट मणि लिएर पाण्डवले द्रौपदीलाई दिए अनि भने कि गुरु पुत्र भएका कारण अश्वत्थामालाई जीवित छोडिदियाँै ।

तपाइको प्रतिक्रिया