मैयुङमा रमाए पर्यटक

२०७४ वैशाख ४ गते ११:३४ मा प्रकाशित
विवेक राई

maiung

भोजपुर । खोटाङ र भोजपुरको संगमस्थलको रूपमा रहेको मैयुङको भूलभूले तालमा हजारौँ पर्यटक रमाए । पर्यटन प्रवद्र्धनका लागि आयोजित तीन दिने मैयुङ हाँसपोखरी महोत्सवमा पर्यटकको ओइरो लागेको थियो । पर्यटकीय दृष्टिकोणबाट स्वदेश तथा विदेशसम्म प्रचारप्रसार गर्ने उद्देश्यको साथ तिम्मा सरोकार समाज काठमाडौंले महोत्सवको आयोजना गरेको हो । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको मैयङुस्थित भूलभूले तालमा नयाँवर्षको अवसरमा १ वैशाखबाट सुरु भएको महोत्सव सोमबार सम्पन्न भएको हो । हरेक नयाँ वर्षमा मैयुङमा आन्तरिक पर्यटक आउने गरेता पनि यसवर्ष महोत्सवको रूपमा आयोजना भएकोले यसक्षेत्रको महत्व बुझेको भोजपुर छिनामखुकी भीमकुमारी राईले बताइन् ।
महोत्सवमा सदरमुकामस्थित टुँडिखेलबाट महिला तथा पुरुष ३० किलोमिटर स्काई दौड प्रतियोगिता, कविता प्रतियोगिता, विभिन्न जातजातिका झाँकी साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा गायक तुलसी पराजुली, भीषण मुकारुङ, राधा राई, गणेश इशारालगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवमा रौनक थपेको थियो । नेपाल सरकारको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा टुरिजम एजेन्सिज एसोसिएसन अफ नेपालको समेत सहयोगमा आयोजित महोत्सव विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजक समाजका अध्यक्ष रुद्र राईले जानकरी दिए । पर्यटन व्यवसायबाट स्थानीय स्तरको विकास मात्र नभई सिंगो राज्यको दिगो विकासमा टेवा पुग्ने भएकोले सरोकारवाला निकायले पनि प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमा चासो दिनुपर्ने महोत्सवका वक्ताहरूले जोड दिएका छन् ।
खोटाङ र भोजपुरको संगमस्थलको रूपमासमेत रहेको मैयुङको भूलभूले ताल चारैतिर लालीगुराँस आफैँमा प्राकृतिक सौन्दर्यताले भरिभराउ रहेको छ । चौरमा घोडाको टापले थपिएको सौन्दर्यतामा रमाउन भोजपुर, खोटाङ, संखुवासभाका आन्तरिक पर्यटकलगायत बाह्य पर्यटकहरूको उल्लेख्यरूपमा सहभागिता रहेको छ । लालीगुराँसका बोटहरूको सहायतामा छाप्रो बनाई छुर्पी राडीको व्यापार गरिरहेका दृश्यले महोत्सव थप सौन्दर्यता बढाएको छ । महोत्सवस्थलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा, मकालु महालंगुर, तथा कञ्चनजंघाजस्ता विश्व प्रशिद्ध हिमशृंखलाहरू देखिने गर्दछन् । आन्तरिक र बाह्य पर्यटकहरू विभिन्न माध्यममार्फत नजिकबाट नियाल्नेको संख्या पनि उल्लेख्य रूपमा रहेको छ । सुन्दर मावि पोखरी जलजले मात्तिम डाँडा दिल्पानागी, घोडनागी, हाँसपोखरी, सातदोबाटोलगायत ठाउँहरूलाई मैयुङडाँडा क्षेत्र भनेर चिनिने गरिन्छ ।

१ प्रतिक्रिया
  • लीला राई १९ अप्रिल, २०१७, १३:२७

    धेरेर धेराई ख़ुशी लगेओ यो करेक्रम समारोह कोजानकारी देखना पाउदा,
    एसरी नई हाम्राे गाऊँ ठाउं, ज़िल्ला र देशको विकास निरन्तर भईरहाेस यही छ हाम्रो शुभकामनाशुभकामना

    जवाफ फर्काउनुस्

तपाइको प्रतिक्रिया