श्याम तमोटलाई पारिजात सम्मान

मा प्रकाशित

shyam tamot

काठमाडौं । पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ । ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४औँ स्मृति दिवसका अवसर पारेर सो केन्द्रले सम्मान घोषणा गरेको हो । केन्द्रका सदस्य सचिव स्नेह साय्मीका अनुसार, ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई, ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात संघर्षशील नारी सम्मान’ महिला नेत्री शशी श्रेष्ठ प्रदान गरिने निर्णय भएको छ ।
सबै सम्मानमा १५ हजार राशिको पुरस्कार छ । ती सम्मान यही वैशाखको अन्तिम सातामा दिइने कार्यक्रम छ । स्मृति दिवसका अवसरमा मंगलबार केन्द्रको म्हैपीस्थित कार्यालय परिसरमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

तपाइको प्रतिक्रिया