पत्रकार महासंघमा सर्वसम्मत नेतृत्व

२०७४ वैशाख ७ गते १०:५२ मा प्रकाशित
सौर्य समाचार

pachthar
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छनोट गरेको छ ।
मंगलबार सम्पन्न अधिवेशनले लवदेव ढुंगानाको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो । नव निर्वाचित समितिको खुला उपाध्यक्षमा विजयबोध लावती, समावेशी उपाध्यक्षमा सरला रेग्मी, सचिवमा तुलसी क्षितिज, खुला सहसचिवमा जंग तामाङ, समावेशी सहसचिवमा युवा पत्रकार सन्देश सुब्बा र कोषाध्यक्षमा भीमकुमार बाँस्कोटा निर्वाचित भएका छन् ।
प्रदेश पार्षदमा पूर्वसभापति कृष्ण ओझा, लेखनाथ खतिवडा, वीपेन्द्र गौतम, राधा लुइँटेल, जितेन्द्र भण्डारी, सगुन सुसारा, सेसेहाङ लावती र घनेन्द्र केरुङ निर्वाचित भए । त्यस्तै सात केन्द्रीय पार्षदमा भने लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, भकेन्द्र लावती, नारायण तुम्बापो, युधिष्ठिरराज आमगाई, रविन्द्र काफ्ले र शान्ति राई निर्वाचित भए ।

तपाइको प्रतिक्रिया