दिमाखले हैन मनले सोचौंँ

२०७४ वैशाख ७ गते १०:५९ मा प्रकाशित
खुशी पाठक

मानिस चेतनशील प्राणी हो भन्ने त सबैलाई थाहा छ । तर मानिस जस्तो देखिन्छ त्यस्तो कहिले हँुदैन । चेतना हुन्छ मानिसमा तर उसले आफू र अरूमा गर्ने व्यवहार फरक हुन्छ । अरूको राम्रो होस् भन्ने चेतना त झन् कम हुन्छ । चाहे म या अरू कोही होस् जसले पनि आफ्नो मतलब पहिलो प्राथमिकतामा राखेको हुन्छ । मान्छे आफ्नोबारेमा त्यति सोच्दैन होला तर अरूको धेरै चासो गर्ने गर्दछ । फलानाले के लायो, के खायो, के ग¥यो कोसँग बोल्यो, कहाँ छ जस्तो धेरै कुराको बारेमा चासो दिन्छ । यी सब कुराको बारेमा चियोचर्चा गर्ने समय हुन्छ मान्छेसँग तर राम्रो सोचिदिने भने एक रत्ति समय हँुदैन ।
आफू के गरिरहेको छु यी सबै मान्छेको भिडमा आफूलाई उभाउँदा कस्तो देखिन्छु यो कुरा उसले कहिले सोच्दैन । खाली अरूको खिल्ली उडाउन अघि सर्छ । समय मूल्यवान अनि बलवान छ । अरूको नराम्रो सोच्नमा खेर फाल्ने समय आफ्नो भलाइको बारेमा सोच्यो भने फाइदा त आफैँलाई हुन्छ नि ।
अफिसबाट अलि ढिलो घर आयो भने कुरा काट्न सुरु हुन्छ । फलानो अर्थात् फलानी त कति ढिलो आउँछे है, यो त राम्रो काम गर्छ जस्तो छैन नि विशेषगरी महिलामा यो कुरा लागू हुन्छ । महिला पीडित हुन्छ यस्ता विषयमा फेरि महिलाकै कारण । यसको त कामको ठेगान नै छैन कहिले छिटो आउँछे कहिले ढिलो आउँछे, शनिबार पनि काममै जान्छे, अफिस हुने भएको भए त बिदा हुन्थ्योनि शनिबार..सरकारी जागिरलाई मात्र अफिस गाको ठान्ने सानो सोच भएकासँग कस्को के लाग्छ ।
कहिले बिरामी वा विशेष कामले छुट्टी लियो भने ठेगान नभएको मान्छे भन्न पछि पर्दैनन् । यस्तो कुरा संसारका सबै मान्छेको दिमाखमा खेल्छ कि नेपालको मान्छेकोमा मात्र हो । बाटोमा हिँड्दापनि हेर्छन्, त्यहीँ सुरु हुन्छ कुरा काट्न ..कस्तो कमसल लुगा लाको ..हेर्दै यस्तो छ यस्तिले कस्तो लुगा लाउनु, शिरदेखि
पाउसम्म हे¥यो अनि भन्यो..छि कस्तो लाउन खान नजान्ने मान्छे । नाक खुम्च्याउँदै कुरा काट्न सुरु गर्छन् र अन्त्य पनि ..शरीर बिग्रियो त कसको कुरा काट्नेको उनीहरूको बांगो नाक त सबैले देख्छन नि ।
जसले राम्रो काम गरेर आफ्नो बाटो तय गरेको हुन्छ र राम्रै गरेको बाँचेको हुन्छ त्यही मान्छेको कुरा बढी काटिन्छ । कुनै कामले कसैकोमा गयो भने त्यहाँ बसुन्जेल ..हो तिमी सारै असल मान्छे कसैको नराम्रो चाहन्नाँै है, तिमी त गाउँकै असल मान्छे भन्छन् अनि जब उठेर हिँड्यो अनि सुरु हुन्छ कुरा काट्न ..यस्तालाई त यसै भनेर पÞmुर्काउनुपर्छ …के हुन्छ यसलाई राम्रो भन्दैमा केही जाने हैन ।
मान्छे आफू राम्रो छ भने उसले कहिले पनि अरूलाई नराम्रो भन्न र सोच्न सक्दैन । तर यो दुनियाँमा राम्रो सोचाइ भएको मान्छे पाउन धेरै गार्हो छ । मपनि त्यही नराम्रोमै पर्छु होला ..मलाई पनि अरूले हेर्ने नजर राम्रो छैन होला ..अरूको नजरमा राम्रो देखिनको लागि देखावटी राम्रो गर्नुभन्दा आफ्नो मनले चाहेको राम्रो बन्न जरुरी हुन्छ ।
एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति धेरै हुन्छ यहाँ । सकेसम्म अरूलाई तल खसालेर माथि जाउँ भन्ने हुन्छ । तर अरूलाई तल खसाल्दा लाग्ने मेहेनतले त आफू अघि बढ्न सकिन्छ भन्ने हामी बुझ्दैनौँ । एक ठाउँको मान्छे मात्र त्यस्तो हैन सबै ठाउँको मान्छे त्यस्तै हुन्छ ।
मै हुँ जान्ने सुन्ने भन्ने त झन् कति कति । सबैलाई आफू राम्रो लाग्नु, ठीक लाग्नु त स्वाभाविक पनि हो तर आफू राम्रो छु भन्ने बहानामा अरूलाई नराम्रो देख्नु त गलत होनि हैन र ?धारामा पानि थप्न गयो त्यहीँ हानाथाप, मन्दिरमा पूजा गर्न गयो त्यहि तँछाडमछाड, स्कुल कलेजमा गयो त्यही हानाहान । जहाँपनि आफू अघि जाउँ अरूलाई पछाराँै भन्ने सोच हुन्छ ।
हामीले मानिसलाई बुद्धिजीवि, विवेकशील भनेर धेरै अन्याय गरे जस्तो लाग्छ । कमिला, मौरी, परेवालगायत अन्य पशुपन्छी पनि समूहमा कति मिलेर बस्छन् । मानिस सर्वश्रेष्ठ प्राणी भन्न त भन्छौ तर कहिले पनि त्योअनुसारको काम गर्न सक्दैनांै । मानिस जहिले पनि आफ्नो मन र स्वभाव परिवर्तन गरिरहन्छ । विश्वासको जमानै छैन । कसको कुरा विश्वास गर्ने कसको नगर्ने बुझ्न सकिँदैन । नराम्रो काममा हास्ने ओँठ भेटिन्छ, खिसी गर्ने पनि भेटिन्छन् । तर राम्रो काममा ताली बजाउने कोही भेटिन्न । कसैले राम्रो काम ग¥यो भने पनि ए त्यस्तो त जसले नि गर्न सक्छ भन्न पछि पर्दैनन् । हामी आफूलाई जति राम्रो सोच्छांै अरूलाई पनि त्यति राम्रो सोच्ने प्रयास मात्र पनि ग¥यो भनेपनि धेरै राम्रो हुन्छ । मनमा अरूको लागि नराम्रो सोचिरहेका हुन्छौ भने, सोचाइ त आफ्नै मनबाट आउँछ नि अनि त्यसैको प्रभावले हाम्रो आफ्नै मनलाई धमिलो बनाउँछ । यसको असर त हामीलाई नै हुन्छ नि । आफ्नो मन कालो बनायाँै भने न हामी आफूलाई राम्रो बनाउन सक्छाँै न अरूलाई राम्रो देख्न सक्छौं ।
हामीले जे गरिरहेका हुन्छांै, जे सामान प्रयोग गरिरहेका हुन्छांै त्यो हामीलाई राम्रो लागिरहेको हुन्छ । तर त्यही सामान अरूले प्रयोग गर्दा नराम्रो किन भन्ने उसले पनि आफ्नो मनले लगाएको हुन्छ । अरूको बारेमा टिका टिप्पणी गर्ने हामी को हाँै ? कसैले लाएको लुगालाई नराम्रो भन्न सजिलो छ अनि त्यही लुगा आफूले लाएको सोचाँै कति राम्रो भैदिन्छ । कसैले खाएको छि भन्नुभन्दा पहिले आफूले खाएको सम्झौँ कति मीठो भैदिन्छ । अरूलाई छिभन्दा पहिले अरू उभिएको ठाउँमा आफू उभिएर हेराँै । अनि आफ्नो मनले आफंैलाई सोचाँै अनि हामीले आफूलाई के भन्न सक्छौँ त्यसलाई हेरौँ । संसारमा नराम्रो मात्र केही हुँदैन । राम्रो नराम्रो दुबैलाई हेरौँ । राम्रो मात्र पनि नहेराँै अनि नराम्रो मात्र पनि नहेरौँ । कुनै कुरा नराम्रो भएपनि त्यसैलाई मनले हेरे राम्रो हुन पनि सक्छ । आफू राम्रो छ भने संसार राम्रो हुन्छ । कुनै पनि कुरालाई दिमाखले हैन मनले सोचौँ । दिमाखले त जे कुरा पनि सोचिदिन्छ तर मनले त गलत कुरा सोच्दैन कहिले । जे कुरा देखिन्छ, भोगिन्छ त्यसलाई मनले हेरौँ र सोचौँ ।

तपाइको प्रतिक्रिया