कुलमानले देखाए व्यवस्थापकीय कुशलता

मा प्रकाशित

 
काठमाडौं । दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमान घिसिङले व्यवस्थापकीय कुशलता देखाएका छन् । लोडसेडिङको हटाएर चर्चामा रहेका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ । प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तीव्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिक रूपमा दाताले दिएको रकम बढी खर्च गर्ने क्षेत्र बनेको छ । गत वर्ष भने यसरी बढी खर्च गर्ने क्षेत्र स्वास्थ्य थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ऊर्जा क्षेत्रमा सन् २०१४÷१५ मा ७ करोड ८५ लाख ७१ हजार अमेरिकी डलर खर्च भएकोमा सन् २०१५र १६ मा बढेर झण्डै दोब्बर अर्थात् १५ करोड पाँच लाख ८२ हजार डलर खर्च भएको छ । घिसिङ गत भदौको अन्तिमका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले वस्तु तथा सेवा खरिदको लागत, योजना, टेन्डर स्वीकउतिलगायत सम्पूर्ण कामको अधिकार कार्यकारी निर्देशकलाई दिने व्यवस्था गरिदिएका थिए ।
यसले गर्दा प्राधिकरणको टेन्डर प्रक्रिया छिटो भएको थियो । खरिद अधिकार कार्यकारी निर्देशकलाई दिएकाले ऊर्जा क्षेत्रको खर्च बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले खरिद प्रक्रियाका कामलाई तीव्रता दिएका छन् । सार्वजनिक खरिद ऐनले खरिद योजना तयार
गर्नेदेखि लिएर स्वीकृति गराउने सम्बन्धी काम गर्ने सम्पूर्ण अधिकार संस्थानको कार्यकारी प्रमुखलाई दिएको छ । तर ऐनमा भएको यस्तो व्यवस्था प्राधिकरणका तत्कालीन सञ्चालकहरूले टेन्डरमा चलखेल गर्न खरिदको अधिकारी कार्यकारीलाई दिन अस्वीकार गर्दै आएका थिए ।ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सहायता दिएको एडीबी नेपाल कार्यालयका तत्कालीन प्रमुख केनिची योकोयामाले केही महिनाअघि अर्थ मन्त्रालयमा प्राधिकरणमा नयाँ व्यवस्थापन आएपछि सहायताको खर्चमा चामत्कारिक सुधार आएको टिप्पणी गरेका थिए । विश्व बंैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना सञ्चालनमा छ । आयोजनामार्फत धनुषाको ढल्केवरमा २२० र १३२ केभीको सबस्टेसनको निर्माण भइरहेको छ । गत ५ भदौमा आयोजनाको स्थलगत निरीक्षण गरी ऊर्जा मन्त्री जनार्दन शर्माले ४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता आयोजना र ठेकेदारबीच गराएका थिए ।
सबस्टेसन निर्माण अन्तिम चरणमा भएपनि लोडसेडिङ व्यवस्थापनले गर्दा अहिले त्यहाँ रहेको प्रसारण लाइनलाई चलाउन प्राविधिक समस्या रहेकाले सवस्टेसनलाई चलाउन (चार्ज) गर्न प्राविधिक समस्या रहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘अब यसलाई छिट्टै चार्ज गछौं’, उनले भने ।

तपाइको प्रतिक्रिया