देश विकासमा वैदेशिक व्यापार नीति

मा प्रकाशित

नेपालको वर्तमान आर्थिक अवस्था खस्कँदो छ । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको भए पनि यसले गुणात्मक उपलब्धि दिन सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । दिनानुदिनको राजनीतिक किचलो तथा अस्थिरता विध्यमान छ । व्यापार घाटा र आर्थिक मन्दीले देशको अर्थतन्त्र नै चौपट भएको छ । वैदेशिक व्यापारको सिलासिलामा विश्वका करिब एक सय १५ भन्दा बढी मुलुकसित नेपालले वस्तु आयात तथा निर्यात गर्दै आएको छ । यो प्रकारको आँकडा भए पनि झन्डै ६८ देशमा मात्र नेपाली वस्तु निर्यात हुन्छन् ।
केही वर्ष यता नेपालको वैदेशिक व्यापार असन्तुलित रहेको बताइन्छ । आयात ह्वातै बढेको छ भने निर्यात घटेको छ । यसको अर्थ मुलुकको परनिर्भरता बढ्नु हो । धेरै वस्तुहरूमा हाम्रो परनिर्भरता छ । यस अवस्थामा नेपालको आर्थिक भविष्य राम्रो छैन भन्दा पनि फरक नपर्ला । राजनीतिक अस्थिरता र सधैँको बन्द– हड्तालको अलावा चन्दा आतंकले व्यापारीहरू त्रसित छन् । चन्दाको मारमा व्यापारीहरू देखिए पनि गरिब दुःखी जनताबाटै अप्रत्यक्ष रूपमा असुलउपर गरिरहेका हुन्छन् । जसको मारमा नेपाली गरिब जनता नै पर्ने हुन् । यसको निराकरणका लागि राज्य स्तरबाट चासो पुगेको देखिँदैन ।
नेपाली बजारलाई नजिकबाट नियाल्ने हो भने यसको अवस्था दिनप्रतिदिन गिर्दाे छ । बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पीडित छन् । नयाँ प्रविधि नयाँ तौल तरिकाको अभावले जति लागतमा जति उत्पादन हुनुपर्ने हो त्यो भन्दा कयाँै गुना बढी लागत लाउनुपर्ने भएकोले उत्पादनमा लागत बढेको हुन्छ । मूल्यको तुलनाले पनि विदेशी उत्पादनसित नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न मुस्किल पर्छ । अनि निर्यातमा कमी आउँछ । विदेशी बजारको माग पहिचान गरी सो बमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिँदैन ।
त्यसैगरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ । यसको निम्ति न राज्य पक्ष न नेपाली उद्यमी कसैले पनि खासै जागर देखाएका छैनन् । उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुन्ुपर्छ । तव मात्र निर्यात हुने वस्तुहरूले उचित बजार र प्रतिस्पर्धात्मक हुन सक्छन् । नेपालले आफ्नो दिगो विकास र उन्नत आर्थिक सम्वृद्धिका लागि आयातभन्दा निर्यात बढी बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । यहाँ निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैँचा तथा तयारी पोसाकको ठूलो माग रहेको छ । यसका अलावा छालाबाट बनेका सामग्री जस्तै जुत्ता ब्याग पन्जालगायत सजावटका सामानहरू र जुट, हस्तकलालगायत सामग्री, चिया, घ्यू, कागजले पनि उत्तिकै हिस्सा रहेको छ भनिन्छ । यसर्थ, यस्ताप्रकारका वस्तु उत्पादन र पैठारीमा नेपालले उत्पादकलाई सहि सहुलियतमा ऋण उपलव्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्नेजस्ता कामहरू गर्न सके भावी नेपालको वैदेशिक व्यापार उँभो लाग्न सक्छ ।
अहिले नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेला बखत प्रश्न उठ्ने गरेको सुनिन्छ । एक अर्काको प्रतिस्पर्धी रहेको विश्व बजारमा ठूलो प्रतिस्पर्धा हुने गर्छ । वस्तुको गुणस्तर महत्वपूर्ण कुरा हो । हामीले उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पु¥याउन सक्नुपर्दछ । बरु थोरै उत्पादन होस् तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पु¥याएन भने बजारमा खपत हुन गाह्रोे हुन्छ । नेपालले उत्पादन गर्ने वस्तुहरूको प्रायः सबै कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । अब भने नेपालले पनि आफ्ना प्राकृतिक श्रोतको उत्खनन् गर्न सक्नुपर्दछ । जसले वस्तुको उत्पादन लागत घटाउन मद्धत पु¥याउँछ । नेपालले यो क्षेत्रमा दीर्घकालीन उत्पादन योजना मुताविक काम गरेको पाइँदैन । तत्काललाई भन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनु पर्दछ । जुन वस्तुको उत्पादन हुन्छ लामो समयसम्म स्थायी हुने वातावरण निर्माण गर्नुपर्दछ ।
नेपालले निर्यात वृद्धि गर्न गुणस्तरयुक्त सामान उत्पादन हुनु आवश्यक छ । यसका निम्ति दक्ष जनशक्ति, मेसिन तथा औजार र आवश्यक लगानी चाहिन्छ । आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नुपर्छ । यसको निम्ति सरकारले विकास खर्च बढाउनुपर्छ । विकास खर्चमा छुट्याएको रकम योजना अवधिभित्र विकासमा खर्च गरेको हुनुपर्छ । त्यस्ता विकास योजनाको खाका पनि तयार गर्नुपर्छ । केहीसमय यताका सरकारहरू विकासमा खर्चमा गर्न असफल छन् ।
नेपालमा उत्पादन भएको ऊनी गलँैचाको ७५ प्रतिशत जर्मनीमा खपत हुन्छ भने सम्पूर्ण तयारी पोसाकको ८० प्रतिशत खपत अमेरिकाले मात्रै गरिरहेको वर्तमान परिवेशलाई बुझेर बाँकी देशहरूमा पनि व्यापार बढाउन पहलकदमी लिनुपर्ने देखिन्छ । नजिकको छिमेकी देश भारततर्फ भने कृषिमा आधारित वस्तु निर्यात हुने गर्थे । तर, वर्तमान परिस्थितिमा भारतबाट नेपालमा कृषिजन्य वस्तुहरूको आयात बढ्दै गएको छ । बंगलादेश, श्रीलंका, इटली, बेलायत, फ्रान्स, बेल्जियम स्विटजरल्यान्डलगायतमा नेपाली समान निर्यात हुन् हुँदा त्यस्ता देशको बजारलाई मध्य नजर गर्दै वस्तुको उत्पादन गरिनु पर्दछ । तर, आजभोलि नेपालको निर्यातमा कमी आएको छ । यस अवस्थामा निर्यातमा कमी आउने कारण के के हुन् ? सो को पहिचान गरी सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्छ । जसमा राज्य पक्षको ध्यान जानु जरुरी रहन्छ ।
नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुको पछि धेरै कारणहरू छन् । देशले सही र दीर्घकालीन सोच भएको राजनेता पाउन नसक्नु पनि एउटा कारण हुन सक्छ । नेपाल एउटा भूपरिवेष्ठित मुलुक हुनु पनि अर्काे कारण हो । हालसम्म भएका कमजोर पारवहन समस्याले निर्यातमा ठूलो समस्या खडा गरेको देखिन्छ । भएका सम्झौदाको पनि उल्लेख्य उपभोग गर्न हामीले सकेका छैनौँ । सम्झौतामा कतै न कतै हामी तल पर्ने खालका सम्झौता भएका हुन्छन्, भएका सम्झौताको फाइदा विकसित देशले उठाउने गरेका छन् । छिमेकी देशसितको अस्पष्ट व्यापार नीति र आवश्यक ऐन कानुनलगायतको अभावले नेपालको वैदेशिक व्यापार प्रतिकूलताको सिकार भएको पाइन्छ ।
यस्ता खालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरुकता देखाउन सकेको देखिँदैन । राज्यस्तरबाट पहलकदमी नभएसम्म वैदेशिक व्यापारमा विस्तार तथा सुधार हुन सक्दैन । वैदेशिक व्यापारमा सुधार नआएसम्म नेपालको आर्थिक अवस्था माथि उठ्न सक्दैन ।
हामीमा के पनि छ भने आफ्नो नराम्रो अरूको उत्पादन राम्रो लाग्ने वा ठान्ने प्रवृत्ति छ । जसले समग्र देशको आम्दानी घटाउँछ । आफ्नो देशको उत्पादन हामी आफैँ मन पराउँदैनौँ । विदेशी वस्तु नै रुचाउने हाम्रो आदत नै बनेको छ । जब हामी आफ्नो उत्पादनमा आफैँ विश्वस्त छैनौँ भने अरूले कसरी विश्वास गर्छ ? विदेशीले खरिद गरेन भने विदेशी व्यापार बढ्ने सम्भावना रहँदैन । नेपालको अधिकांश ठूला साना योजनाहरू भारतीय र चिनियाँ निर्माण कम्पनीहरूले लिएका छन् । उनीहरूले सम्पूर्ण आवश्यक सामग्री आफ्नै देशबाट ल्याउने गर्दछन् । त्यति मात्र होइन आवश्यक जनशक्ति पनि उतैबाट ल्याउने गर्दछन् । अझ चिनियाँ नागरिकमा अपनत्व बढी पाइन्छ भरसक यहाँ आएका चिनियाँ नागरिकले आफ्नो किनमेलमा चिनियाँ उत्पादन नै खोज्नु यसको उदाहरण हो । यस कुराले एउटा नागरिक आफ्नो राष्ट्रियतामा गम्भीर रहेको र आर्थिक विकासमा सजग रहेको पुष्टि हुन्छ ।
हामी नेपालीमा पनि यस्तो भावना विकसित नभएसम्म आर्थिक विकास सम्भव छैन । यसको लागि प्रथमतः स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता हुनुप¥यो । यसको एउटा गतिलो योजना यो हुन सक्छ पहिले स्वदेशी वस्तु सरकारी कर्मचारीका लागि अनिवार्य गराउनु पर्छ । त्यसपछि अरूलाई पनि नैतिक दबाब पर्छ । यसो गर्दा केही अधिकारहरूको सवाल उठ्न सक्छन् तर कुनै पनि अधिकार आर्थिक सवलताविना पूरा नहुने चेतनाको विकास गराउन सकियो भने यो आपैmँ समाधान हुन सक्छ । आर्थिक सवलताको पूर्वाधारलाई नै प्राथमिकतामा राख्न सकियो भने हामीले परिकल्पना गरेको भन्दा माथि हाम्रो आर्थिक अवस्था उठ्न धेरै समय लाग्दैन ।

तपाइको प्रतिक्रिया