चलचित्र ‘शरदका पातहरु’ शुभमुहूर्त

२०७४ वैशाख ८ गते १०:५० मा प्रकाशित
सौर्य समाचार

saradaka pataharu2
काठमाडौ । चलचित्र शरदका पातहरु बन्ने भएको छ । राज्य राई देमिनको निर्देशनमा बन्न लागेको यो चलचित्रको राजधानीमा आयोजित एक कार्यक्रमबीच शुभमुहूर्त भएको हो । बरिष्ठ कलाकार मोहन निरौलाई प्रमुख अतिथि रहेको शुभमुहूर्तमा कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको एक सम्वाद बोल्दै मुहूर्त सट दिएका थिए ।
सामाजिक विषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टि.एन. भण्डारी ‘गणेश’ले तयार गरेका हुन् । चलचित्रमा सुभास र श्रेयाको अलवा अजित राइ, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जी.एम., श्यामकुमार राईलगायतको अभिनय रहनेछ ।
एभरेस्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको चलचित्र सागर दराइले निर्माण गर्न लागेका हुन् भने सहनिर्माता मोहन राई ‘बृहस्पति’ र अनितादेवी तामाङ रहेका छन्् । कुमार श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा प्रकाश दुमी राइको गीत, राज्य राई, देमिनको संगीत रहनेछ भने विक्रम राई र बानीका प्रधानको स्वर रहनेछ । ओमन रानाको नृत्य निर्देशन रहने यो चलचित्रको छाँयाकन÷सम्पादन विरेन्द्र भाट पिपिनले गर्दैछन्् । पूर्वको धरान, धनकुटा र भेडेटारमा छाँयाकन गरिने यो चलचित्र वैशाख १४ गतेबाट फ्लोरमा जाने सुवासले बताए ।

तपाइको प्रतिक्रिया