मीरावाई (पौराणिक कथा)

मा प्रकाशित

–    विजु सुवेदी

जोधपुरका राठौड रतन सिंहकी एक्ली छोरी मीराबाईको जन्म सोह्रौं शताब्दीमा भएको थियो । मीरावाईको बालमनमा कृष्णको छवि यस्तरी बसेको थियो कि उनले किशोरावस्थादेखि लिएर मृत्युवस्थासम्म पनि कृष्णलाई नै आफ्नो सबैभन्दा नजिक मानेका थिइन् । सानैदेखि नै उनी कृष्णभक्तिमा रमाएकी थिइन् ।

                                                                         hqdefault

एकदिन छिमेकी कहाँ भएको बिहेमा ठूलो भव्य जन्ती आएको थियो । सबै केटाकेटी, आइमाइहरू छतमा गएर त्यो भव्य जन्ती हेरिरहेका थिए । मीराले पनि हेर्न गइन् । जन्तीलाई हेरेर उनले आफ्नी आमासँग सोधिन् कि मेरो दुलहा को हुन् ? भनेर । यस्तोमा उनकी आमाले कृष्णको मुर्तिमा इशारा गरेर भनेकी थिइन् कि यही तिम्रा बेहुला हुन् । यही कुरा उनका बालमनमा गाँठो भएर बाँधिएर रह्यो ।

केही समयपछि मीरावाईको बिहे महाराणा साँगाको छोरा भोजराजसँग भयो । भोजराज पछि गएर महाराणा कुंभा कहलिए । यस बिहेका लागि पहिले त मीरावाईले मानिनन् । राणा कुंभाले मीरासँग बिहे गर्नेबेला मीरालाई बाहिर जेजस्तो व्यवहार गरिए तापनि उनलाई छुनसम्मन् नछोइकन उनलाई उचित सम्मान दिई सुत्न अलग्गै बिछ्यौनाको प्रबन्ध गर्नेे र उनको कृष्ण प्रेमप्रतिको समर्पणलाई उनले मृत्युपर्यन्त साथ दिने वचन दिएका थिए । तरै पनि उनले यसलाई धेरै दबाब दिएको महसुस गरिन् । धेरैपछि सम्मन् पनि उनी धेरैधेरै चिल्लाएर रोइरहिन् । बिहेको बिदाइको समयमा समेत त्यही कृष्णको मूर्ति आपूmले च्यापिरहिन् जसलाई उनकी आमाले पहिले उनको बेहुला भनेकी थिइन् ।

                                                                            mirabai

यस्तोमा घरको गृहिणीको काम सकिसकेपछि उनी सधैँ कृष्ण मन्दिरमा जान्थिन् र कृष्णको पूजा गर्थिन् । कृष्णको मूर्ति अगाडि गाउँथिन् र भक्तिपूर्वक नाच्थिन् तर उनको पतिका परिवारहरू दुर्गालाई कुलदेवता मान्दथे । जब मीराले दुर्गालाई कुलदेवता मान्न स्वीकार गरिनन् उनका पति बाहेक परिवारका कसैले पनि उनको कृष्णप्रतिको श्रद्धालाई मञ्जुर गरेनन् ।

मीरावाईको नन्द उदावाईले उनलाई बदनाम गर्न उनका विरुद्ध योजना बनाइन् कि उनको कसैसँग गुप्त प्रेम छ र मीराले मन्दिरमा अरूसँग प्रेम गरेको देखेकी छन् भनेर । राणा कुंभा आफ्नी बहिनीसँग आधारातमा मन्दिर गए । उनीहरूले राणा कुंभालाई ढोका फोडेर त्यहाँ प्रवेश गर्न लगाए । त्यहाँ मीरा कृष्णको मुर्ति आगाडि परम् आनन्दसँग बसेर मूर्तिसँग कुरा गरिरहेकी थिइन्, मस्तीले गाइरहेकी थिइन् । राणाले तत्कालै मीरालाई भने कि मीरा तिमीले जुन प्रेमीसँग अहिले कुरा गरिरहेकी छ्यौ उसलाई मेरो अगाडि ल्याऊ । मीराले भनिन् कि उनी मेरै अगाडि छन्, मेरो स्वामी, नयन चोर, जसले मेरो दिल चोर्नुभएको छ, उहाँ समाधीमा जानुभयो र मैले देखिरहेकी छु । यस घटना भएता पनि राणा कुंभाले दिलले साथ दिएर राजगद्दी शुद्ध त्यागेर एउटा राम्रो पतिको भूमिका निभाए र मृत्युवस्थासम्म मीरालाई यथोथित सम्मानका साथ दिए ।

त्यस्तै मीरालाई पनि राजगद्दीको चाह कहिल्यै भएन । तैपनि राणा कुंभाका आफन्तहरूले मीरालाई अनेकौँ प्रकारले सताउन थाले । कृष्णप्रति मीराको प्रेम एकदम नीजि थियो तर पछि गएर मीराको मनमा प्रेमको आनन्द यत्ति बाहिर ल्याइन् कि त्यो आममानिसहरूका अगाडि र धार्मिक उत्सवमा खुलेआम नाच बनेर आउँथ्यो, गायन बनेर आउँथ्यो । उनी मध्यरातमा पनि एक्लै चितौडको किल्लाबाट एकाएक बाहिर जान्थिन् कि नगरमा भएको सत्संगमा हिस्सा लिन्थिन् ।

मीराका देवर विक्रमादित्य जो चितौडगढको राजा भएको थियो जो ज्यादै कठोर थिए । उनले मीराको भक्ति मीराको आमव्यक्तिहरूसँग यसरी नाचगानले गरेको घुलमिललाई लिएर नारीको मर्यादामा प्रश्न लगाएर कडा विरोध गरे । उनले मीरालाई हत्या गर्ने धेरैपटक कोशिस गरे ।
यहाँसम्म कि एकपटक विक्रमादित्यले मीराकहाँ पूजा सामान राख्ने टोकरीमा विषालु सर्प राखेर सन्देश पठाए कि टोकरीमा फूलको हार छ भनेर । ध्यानबाट उठ्नेबित्तिक्कै मीराले जब टोकरी खोलिन् त्यहाँ फूलको हारसँगै कृष्णको सुन्दर मूर्ति निक्ल्यो । राणाले तयार गरेको काँडाको बिछ्यौना पनि मीराका लागि मुलायम बिछ्यौना बन्यो जब मीरा त्यहाँ सुत्न गइन् । मीरालाई आफ्ना आफन्तहरूले गरेको कठोर दुव्र्यवहारलाई उनका पनि भोजराजले डटेर विरोध गरिरहे ।

जब यातना अति नै कठोर हुन थाल्यो तब मीराले चित्तौड छोडिन् । उनी त्यसपछि मेडवा गइन् । त्यहाँ पनि उनलाई चैन भएन । त्यसपछि उनले कृष्ण भक्तिको केन्द्र वृन्दावन चाहारिन् । मीराले आपूmलाई उनी गोपीललिता नै मान्थिन्, जसको उनले पूर्वजन्म लिएकी भनेर । ललिता कृष्णको प्रेममा समर्पित नारी थिइन् । मीराले कृष्णप्रेममा नाच्दै गाउँदै तीर्थयात्रा जारी राखिन् । जब कृष्णप्रेममा उनी नाच्थिन्, गाउँथिन् उनी झन्झन् सुन्दरी देखिन्थिन् । उनी जहाँजहाँ यसरी नाच्थिन्, गाउँथिन् उनको सुन्दरताले कृष्णभक्तिले सबैलाई मुग्ध पार्थिन् । उनको कृष्णभक्ति राधाको भन्दा कयौँ गुणा उच्च आदर्शको थियो । उनी एउटा गाउँबाट अर्को गाउँमा नाचगान गरेर पूरै उत्तरभारतमा घुमिरहिन् । यस क्षेत्रलाई नेपालको पूरै क्षेत्र थिएकि भनेर इकित गर्ने प्रशस्तै देखिन्छ । मानिन्छ कि उनले जीवनको अन्तिममा केही वर्ष गुजरातको द्वारिकामा पनि गुजारिन् ।

अन्त्यमा पूरा भीडका अगाडि मीरा द्वारिकाधीश कृष्णका मूर्तिमा बिलिन् भइन् ।

तपाइको प्रतिक्रिया