आठ चलचित्रका नायक ध्रुव दत्तको नाटक

मा प्रकाशित

dhrub dattaकाठमाडौं । हङकङ हुँदै हाल लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका अभिनेता ध्रुव दत्तले आठ वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय ध्रुव दत्तले अभिनय गरेको बिपी कोइरालाको अमरकृति चलचित्र तीन घुम्ती व्यापक चर्चाको विषय नै बनेको छ । त्यसपछि बेलायतमा व्यापक चर्चाको विषय बनेको ध्रुव दत्त नै नायक बनेको बेलायतको रंगमञ्चीय इतिहासमा बेग्लै नाम तथा सफलता कायम गर्न सफल नाटक ‘जीगिषा’ नै हो ।

बेलायतमा नै रहेका अग्रज रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागको लेखन तथा निर्देशनमा मञ्चित नाटक ‘जीगिषा’मा ध्रुव दत्तको स्वभाविक अभिनयको सबैले दिल खोलेर तारिफ गरेको पाइएको छ ।मनैदेखि अभिनय गर्ने क्षमता बोकेका ध्रुव दत्तको नाटकमा अभिनय पहिलो प्रयास हो । यसअघि चलचित्रबाहेक नाटकमा नखेलेको बताउने उनले नाटकको टेस्ट नै बेग्लै हुने र तुरुन्तै यसको रिजल्ट पाउने भएबाट नाटक खेल्न आफू अझ हौसिएको र यो हौसला नाटककार निर्देशक सनमकुमार बैरागको अपार सपोर्टबाट पाएको उनले दिल खोलेर भनेका छन् ।

मौका तथा अवसर पाउँदै गएमा निरन्तर नाटकमा अभिनय गर्ने आफ्नो अब एक मात्र लक्ष्य रहेको पनि उनले सुनाएका छन् । नाटक ‘जीगिषा’ बाहेक चलचित्र ‘तीन घुम्ती’ अगाडि ‘द प्लान, विष, वीरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लोक, निर्दोष र आवेग’ नामक चलचित्रमा अभिनय गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया