हरिवंश आचार्य र रमिला पाठकको चर्चाको प्रेम

२०७४ जेठ ३० गते १०:२८ मा प्रकाशित
सौर्य समाचार

haribanshaकाठमाडौं । प्रेमविनाको जिन्दगी अत्यन्त खल्लो हुने गर्दछ । प्रेम भएन भने त्यो जिन्दगीको पनि अन्त हुने गर्दछ । यसले गर्दा पनि प्रेम जिन्दगीको अत्यन्त आवश्यकीय कुरा हो । यस कुरामा नेपालका चर्चित हास्य अभिनेता हरिवंश आचार्य र उनको पछिल्लो पत्नी रमिला पाठकबीचको प्रेम ०७३ सालभर चर्चाको विषय बन्यो । हरिवंशको जीवनमा रमिलाको प्रवेश यता दुवैको ओइलिएको जीवन मौलाएको छ । पहिलो पत्नी मीरा आचार्यको असामयिक निधनबाट निक्कै नै निराशामा पुगेका हरिवंश रमिलासँगको दोस्रो विवाहबाट तंग्रिएका थिए ।
हरिवंशको हरेक मोडमा अत्यन्त साथ दिँदैआएका रमिलाले हरिवंशका हरेक पाइलामा विवाहपछिका दिनहरूमा साथ दिँदै आएका छन् । अझ दिँदै जाने प्रतिवद्धता व्यक्त गरेकी छन् । वर्ष ०७३ सालभर हरिवंश आचार्यको स्वदेश तथा विदेश यात्राका हरसमय तथा पलमा पनि रमिलाले हरिवंशलाई साथ दिएको र हरिवंश–रमिला प्रेमको बेजोड आदर्शमय नमुना नै बन्न सफल बनेका छन् । अझ वर्ष ०७३ मा बेल्जियममा भएको सांस्कृतिक यात्राका क्रममा लामो दाह्री तथा कपाल काट्ने फुर्सदसमेत हरिवंशको नभएपछि त्यहाँ रमिलाले कपाल काटिदिएको फोटो यतिखेर चर्चाको विषय बनेको छ ।
मह सञ्चारका व्यवस्थापक तथा महका अत्यन्त विश्वासिला पात्र नरेन्द्र कंसाकारको मोबाइल क्यामेराबाट क्लिक भएको त्यस फोटोले उनीहरूबीचको प्रेमभावलाई सवल ढंगबाट पहिचान गर्न सकिन्छ । प्रेमले नै जीवन दिन्छ र प्रेमले नै संसार मिल्छ भन्ने अभिप्रायः यस फोटोले फेरि पुष्टि गरेको छ । प्रेमको अन्तले गंभीर निराशामा पुगिसकेको मनलाई थामेर त्यो निराशाको खाडलबाट माथि सतहमा ल्याएर नयाँ जीवन दिने कार्य अनि रमिलाबाट हुनु र रमिलाले पनि दह्रो प्रेम पाउनु दुवैका लागि सुखद खुसी हो ।

तपाइको प्रतिक्रिया