जलजला र मगर समाजलाई उपाधि

२०७४ जेठ ३० गते २१:२३ मा प्रकाशित
सौर्य समाचार

jaljala upadi
काठमाडौं । म्याग्दी जलजला परिवार र मगर समाजले तृप्ती फाउन्डेसन भलिबल लिग २०१७ को आइतबार उपाधि जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ म्याग्दी जलजला परिवार अस्टेलियाले उपाधि हात पारेको छ । पुरुषतर्फको उपाधि भिडन्तमा साविक विजेतासमेत रहेको जलजला परिवारले ३–० को सोझो सेटमा मोना अस्ट्रेलियालाई स्तब्ध बनायो । जलजलाले सोझो सेटमा नतिजा आफ्नो पक्षमा परे पनि मगर समाजको कठिन चुनौतीको सामना गर्नुपरेको थियो । पहिलो र दोस्रो सेट २५–२३, २५–२३ को समान स्कोरमा जितेको जलजलाका लागि निर्णायक बनेको तेस्रो सेट २७–२५ को रोमाञ्चक जित निकाल्दै उपाधि रक्षा गरेको थियो ।
त्यस्तै बेस्टअफ थ्रीमा खेलाइएको महिलातर्फको फाइनल खेलमा मगर समाजले २–१ को सेटमा नजिता आफ्नो पक्षमा पा¥यो । मगर समाजले पहिलो सेट २१–२५ ले गुमाए पनि खेलमा पुनरागन गर्दै २५–२२ र २५–२३ को रोमाञ्चक जित निकालेको थियो । प्रतियोगिता प्रत्येक आइतबार ६ हप्तासम्म खेलाइएको म्याग्दी जलजला परिवारका अध्यक्ष दीपक भण्डारीले जानकारी गराएका हुन् । प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ हजार ५ सय र उपविजेताले नगद ८ सय डलरको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । महिलातर्फ प्रथमलाई नगद २ सय ५० र दोस्रोलाई १ सय डलरको साथमा मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रम मोना अस्टे«लियाका अध्यक्ष हरि राम्जालीको अध्यक्षता सञ्चालन भएको समापन समारोहलाई सचिव सुसन श्रेष्ठले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया