पञ्चकन्या ग्रुपद्वारा प्लम्बर तालिम

मा प्रकाशित

plambing

काठमाडौं २ असार । पञ्चकन्या ग्रुपले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्लम्बर तालिमको काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको छ । यही ३ जेठदेखि सुरु भएको सो तालिम १ असार बिहीबार सम्पन्न भएको हो । प्लम्बर तालिममा ५७ जनाको सहभागिता थियो, जसमा दुई महिला थिए । निजी क्षेत्रबाट प्रदान गरिएको यस्तो प्रकारको प्लम्बर टे«निङ लिने सम्भवत नेपालमै ती महिला पहिलो भएको र उनीहरु आउ“दा दिनमा पनि सोही क्षेत्रमा कार्यरत रहने र ग्राहकहरुलाई स्तरीय प्लम्बिङ सेवा दिन सक्षम रहेका आयोजकले जनाएको छ ।

सहभागीहरुलाई जापानको सुप्रसिद्ध कम्पनी सेकिसुईको अगुवाईमा भारतको स्टारलाईन कम्पनीका दक्ष प्रशिक्षकहरुद्वारा अन्तर्राष्ट्रिस्तरको प्लम्बर तालिम उपलब्ध गराइएको बताइएको छ । पञ्चकन्याले यस्तै तालिम पूर्व र पश्चिमाञ्चलमा पनि आयोजना गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया