केएल मोबाइल हब सञ्चालनमा आउँदैे

मा प्रकाशित

mobileकाठमाडौं २ असार । हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आउने भएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा एफक्युबमा सिनेमाको टिकट, क्लब डेजाबुमा चार हजार बराबरको दुई जनालाई प्रवेश, लक्की ड्रमार्फत मलेसिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
मोबाइल हब सञ्चालनको अवसर पार्दै विभिन्न मोबाइल कम्पनीहरुले विशेष छुट पनि दिने भएका छन् । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने संचालक संगम राइले बताए ।

तपाइको प्रतिक्रिया