फोटो प्रतियोगिता हुँदै

मा प्रकाशित

photo awardकाठमाडौं, ३ असार । काठमाण्डौं फोटोग्राफर संघले पाचौं पटक  क्यानोन केपीए वेडिङ फोटो अवार्ड २०१७ आयोजना गर्ने भएको छ ।
काठमाण्डौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई आवद्ध गरी फोटो ग्राफरहरूको पेशागत स्तर उकास्न उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा झन्डै एक हजार फोटोग्राफर सहभागि हुने अपेक्षा संघले गरेको छ । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाउने छन् । एक जना फोटोग्राफरले दुई ओटासम्म फोटो समावेश गर्न पाउने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

१० इन्च चौडार्ई १२ इन्च लम्वाई अथवा आठ इन्च चौडाई १२ इन्च लम्वाई साईजमा फोटो प्रिन्ट गरी सो फोटोको सफ्टकपिको साथमा फाराम भरी बुझाउनुपर्ने छ । फोटो तथा फाराम यही २५ असारभित्र बुझाउनुपर्ने छ ।
यस प्रतियोगितामा विजयी प्रथम, द्वितिय र तृतियलाई क्रमश एम फुल फ्रेम क्यामेरा इओएस डिएसएलआर ६ डी किट, क्यानोन इओएस डिएसएलआर ८० डी किट, क्यानोन इओएस डीएसएलआर ७५० डी किट प्रदान गरिने आयोजकले जनाएको छ । दर्शक छनोटका लागि संघले फेसबुक पेज प्रगोग जनाएको छ ।

प्रतियोगिताको बिजेता धोषणा कार्यक्रम ७ साउनमा काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने भएको छ । उत्कृष्ट सय फोटोलाई ९, १० र ११ साउनमा तीन दिनसम्म नेपाल परिषद् बबरमहलमा प्रदर्शनिमा राखिने आयोजकले बताए ।

तपाइको प्रतिक्रिया