पदक विजेतालाई एनटिएको सम्मान

२०७४ असार ४ गते ८:२४ मा प्रकाशित

7काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार सम्मान गरेको छ । विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाएका खेलाडीलाई नगदसहित सम्मान गरेको हो । जापानमा भएको १५औँ जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता विवेक श्रेष्ठ र प्रजुन कुइँकेल, अस्ट्रेलियामा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता अशोक खड्का तथा भुटानमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता पुष्पप्रसाद गौतम नगदसहित सम्मानित भए ।

सोही अवसरमा जापानमा दोस्रो भएका तिलक लामा र तेस्रो भएकी प्रगति कुइँकेल तथा भुटानमा दोस्रो भएका राजकुमार माझीलाई पनि प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो । उनीहरूलाई कागेश्वरी–मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमका बीच सम्मान गरेका थिए । (सौस)

तपाइको प्रतिक्रिया