‘छन्दे’ देउवाको हाउभाउ नक्कल गर्ने कलाकार

मा प्रकाशित

Chhande-Gopal-Dhakal-2काठमाडौं ४ असार । नेपालका नेता तथा प्रधानमन्त्रीहरूको क्यारिकेचर गर्ने र उनीहरूको हाउभाउ नक्कल गर्ने कलाकारहरूको जमातमा ‘छन्दे’ उपनामबाट चर्चित कलाकार गोपाल ढकाल पनि देखिएका छन् । छन्दे ढकाल यतिखेर नेपालका वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाको हुबहु नक्कल उतारिरहेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको ट्वाक्क–टुक्क रिटर्नस्मा प्रधानमन्त्री देउवाको हाउभाउ तथा बोलीलाई दूरूस्त निकाल्ने कार्य छन्दे गोपाल ढकालबाट भैरहेको छ । ट्वाक्क–टुक्कको भाग ३६ बाट प्रधानमन्त्री देउवाको नक्कल तथा हाउभाउ प्रदर्शन गरेर देउवा बनेका छन्देलाई अचेल कतिले देउवाजी पनि भन्न थालेका छन् ।
जही भेटे पनि देउवाले बोल्ने शैलीमा बोल्न लगाउने गरेका छन् । छन्दे ढकाल पनि आफूभित्रको विलक्षण प्रतिभालाई प्रस्फुटन गर्ने मौका यही हो भनेर देउवाको हाउभाउको नक्कल गरेर सबैलाई हसाउने कार्य गर्दै आएका छन् । स्टेजका प्रोग्रामहरूमा त अझ छन्दे गोपाल ढकालको यो प्रस्तुतिलाई मन पराउन थालेका छन् ।
टेलिभिजन र स्टेज दुवैमा छन्देलाई अब देउवाजी भन्दे भनेर भन्न लगाउने दर्शकहरूको अपार भीड तथा मायाले छन्दे लाइफमा गजबले परिवर्तन भएछु भन्न थालेका छन् ।

तपाइको प्रतिक्रिया