कोकाकोलाले ल्यायो रिफ्रेसमेन्ट योजना

२०७४ असार ४ गते ८:५७ मा प्रकाशित

cocacola
काठमाडौं ४ असार । कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलाई रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ । यो योजनाअनुसार हरेक घन्टा सामसङ ग्यालेक्सी जे–२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ । यो योजना पाँच सय, डेढ लिटर र सवा दुई लिटरको स्प्राइट, कोकाकोला र फ्यान्टाको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

स्प्राइटको हरियो सौन्दर्यले ग्राहकलाई गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो । उपहार पाउनका लागि ग्राहकले लेवल पछाडि रहेको युनिक कोड टाइप गरी ३७७२२ मा एसएमएस पठाउनु पर्नेछ ।  कम्पनीका अनुसार प्रत्येक बिहान ११ बजेदेखि बेलुका सात बजेसम्म लक्की ड्र गरेर हरेक घन्टा एक विजेता छानिनेछ । ग्राहकले पुरस्कार लिनका लागि युनिक कोड भएको लेवल राख्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया