राजपाले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दियो

२०७४ असार ४ गते १०:२५ मा प्रकाशित

Sthaniya-nirwachanकाठमाडौं, ४ असार । निर्वाचन बहिस्कारमा रहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले रुपन्देहीमा भने स्वतन्त्र उमेदवारी दिएका छन् ।
राजपाको प्रभावक्षेत्र मानिएको रुपन्देहीको मर्चवार समरी गाउँपालिकामा राजपाका अशोक शुक्लले गाउँपालिका अध्यक्षमा उमेदवारी दिएका हुन् ।
सो क्षेत्र राजपा नेता सर्वेन्द्रनाथ शुक्लको क्षेत्र हो । मर्चवार समरी गाउँपालिकाको उपाध्यक्षमा सोही पार्टीका समरुद्धिन शेखले उमेदवारी दर्ता गराएका हुन् । दुवै राजपाका सक्रिय कार्यकर्ता हुन् ।

अन्य गाउँपालिका र नगरपालिकामा पनि स्वतन्त्र उमेदवारी दिने तयारी भएको राजपाका एक जिल्ला नेताले जानकारी दिए । रुपन्देही, कपिलबस्तु, नवलपरासीमा अहिले शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता भइरहेको एसएसपी दिपक थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया