गुरु पूर्णिमामा खेलाडि सम्मानित

मा प्रकाशित

guru purnima ma kheladi sammanitकाठमाडौं २३ असार । नेसनल किक बक्सिङ एसोसिएसनका खेलाडीहरूले आइतबार गुरु पूर्णिमा मनाएका छन् । गुरु दीपक श्रेष्ठलाई संघका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले केक खुवाएर गुरु पूर्णिमा मानाए । आफ्ना श्रद्धेय गुरु दीपक श्रेष्ठलाई खेलाडिले पूmलमाला तथा अबिरले सम्मान गरेका थिए । सोही अवसरमा संघले तुर्कमेनिस्तानको अस्काबादमा अगस्ट २४ देखि ३० तारिखसम्म आयोजना भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडिहरूलाई सम्मान गरेको थियो । उक्त प्रतियोगितामा ७१ केजीमा रजत जित्न सफल दिवस श्रेष्ठ नगद २० हजारसहित सम्मानित भए ।
त्यस्तै ७४ केजीमा कांस्य विजेता निकेश श्रेष्ठ नगद १० हजारसहित सम्मान भए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न वञ्चित ६९ केजी तौल समूहका राजुराजा शाही नगद ५ हजारसहित सम्मान भए । सो अवसरमा नेसनल किक बक्सिङ संघका अध्यक्ष कार्कीले आगामी भदौ महिनामा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया