आयोजक एन्जल्स् हार्टको दोहोरो जित

मा प्रकाशित

ayojak angels heart ko dohoro jitकाठमाडौं २७ असार । प्रथम एञ्जल्स् हार्ट यु–१८ बास्केटबल प्रतियोगितामा आयोजक एन्जल्स् हार्ट कलेजले दोहोरो जित निकालेको छ । तारकेश्वर नगरपालिकाको मनमैजुमा मंगलबार भएको उद्घाटन खेलमा आयोजक एञ्जल्स् हार्ट कलेजका पुरुष र महिला दुवै टिमले जित निकाल्दै विजयी सुरुआत गरे । पुरुषतर्फ समूह ‘बी’ मा रहेको ह्वाइट हाउस कलेजविरुद्धको खेलमा एञ्जल्स् हार्टले पहिलो तेस्रो र चौथो क्वाटरमा लिएको २२ अंकको अग्रता नै जितको मुल आधार बन्यो ।

पहिलो क्वाटरमा १३–७ ले अग्रता लिएको एञ्जल्स् हार्ट दोस्रो क्वाटरमा भने १०–१२ ले पछि प¥यो । एञ्जल्स् हार्टले तेस्रो र चौथो क्वाटर १२–८ र १८–६ ले आफ्नो पक्षमा पार्दै समग्रमा ५३–३३ को फराकिलो जित निकाल्यो । एञ्जल्स् हार्टको जितमा निकेश मगरले २२ स्कोर गरे ।

त्यस्तै एञ्जल्स् हार्ट स्पोर्टस् एकेडेमीको कोर्टमा भएको महिलातर्फको खेलमा एञ्जल्स् हार्टले एनसिसिएसलाई २६–१३ ले हराउँदा मुना महर्जनले सर्वाधिक ११ स्कोर गरिन् । प्रतियोगिताको तारकेश्वर नगरपालिका–१० का अध्यक्ष अमृत थापा, एञ्जल्स् हार्ट इन्टरनेसनल कलेजका अध्यक्ष लिलबहादुर पुन र एञ्जल्स् ड्रिमका सिइओ सैलेन्द्र बज्राचार्य, एञ्जल्र्स हार्ट स्कुलका प्रिन्सिपल धन पुनले उद्घाटन गरे ।

प्रतियोगितामा पुरुषतर्फ १६ टिमलाई ४ समूहमा विभाजन गरी खेलाइएको छ । प्रत्येक समूहको शीर्ष २ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । महिलामा भने राउन्ड रोबिनको आधारमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा शीर्ष २ स्थानमा रहेर लिग चरण पूरा गर्ने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया