तेक्वान्दोका खान र श्रेष्ठ कोरिया प्रस्थान

मा प्रकाशित

taekwondo ka khan n shrestha korea prasthanकाठमाडौं २८ असार । दक्षिण कोरियामा हुने वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा सहभागी हुन जाने २ सदस्यिय तेक्वान्दो टोली कोरिया प्रस्थान गरेका छन् । दक्षिण कोरियाको मुजु सहरमा आगामी १३–१४ जुलाईसम्म वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोको खेलाडीमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खानले सहभागीता जनाउँदै छन् । खेलाडी गोपाल र प्रशिक्षक रोशन मंगलबार राती कोरिया प्रस्थान गरेका छन् । उक्त तेक्वान्दो एक्स्पोमा गोपालले पुम्सेतर्फ नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
त्यस्तै पाँचौँ डान प्राप्त गोपालले कुंगजाम र तेबेकअन्र्तगतको पुम्सेमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक रोशन खानले बताए । गोपाल सरिक सौराह तेक्वान्दो डोजाङका प्रशिक्षकसमेत रहेकाले पुम्सेमा उनले राम्रो प्रदर्शन गर्ने खानले बताए । प्रशिक्षक खान चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका सिनियर उपाध्यक्ष र खेलाडी गोपाल अर्का उपाध्यक्ष हुन् । खेलाडी गोपालले तयारी राम्रो गरेकाले प्रदर्शन राम्रो गर्दै देशका लागि पदक जित्ने बताए ।

१ प्रतिक्रिया
  • Prashuram १४ जुलाइ, २०१७, ९:१३

    धरै राम्रो चितवन दोजो तर जो तेगान्तोलाइ हतियार बनायर चितवन का केही गुरु भनादा लाई कार्बाइमा ल्याउनु प्रछ ।
    उस

    जवाफ फर्काउनुस्

तपाइको प्रतिक्रिया