पाँचथर एमालेले अन्तरघात गर्नेलाइ कारवाही गर्ने

२०७४ असार २९ गते ९:५८ मा प्रकाशित
कष्ण ओझा

असार २९ पाँचथर । पाँचथरको विभिन्न स्थान तहमा भएको निर्वाचनको क्रममा अन्र्तघात गर्ने स्थानिय नेता र कार्यकर्ताले यहाँको एमाले पाटिको जिल्लाले कारवाही गर्ने भएको छ । पाँचथरमा फिदिम नगरपालिका र गाउँपालिकालगायतमा एमालेले पराजय बेहोरेको थियो । ती स्थानको निर्वाचनमा एमाले हार्नूमा कार्यकर्ताहरुले अन्तरघात गरेको निस्कर्षसहित छानबिन सुरु गरेको छ । मंगलबार बसेको फिदिम नगर संगठन कमिटिको बैठकले समिक्षासहित प्रकृया थाल्नेभएको हो ।

बैठकले सबै वडामा अन्तरघात भएको, उम्मेद्वारी छनोटमा जिल्ला पार्टीले ढिलाइ गरेको, सिंगो जनबर्गीय संगठन परिचालन नगरिएको,जिल्लाका जिम्मेवार सदस्यहरु उत्साहजनक नखटेको,अन्य पार्टीबाट आर्थिक चलखेल र घेराबन्धीलगायत विभिद बिषयमा समीक्षा गरेको छ ।  अन्तरघात गर्नेहरुको सूची तयार गरी जिल्ला पाटीलाई रिपोर्ट बूझाउन लागेको नगर सचिवालय सदस्य पृथ्वी लावतीले बताए ।

जिल्लामै पनि अन्तरघातबारे साउन पहिलो हप्ता पार्टीको बैठक बसि छानबिन आयोग समिति बनाउने पार्टीअध्यक्ष राजकूमार भण्डरीले बताएका छन् । यद्यपी छानबिन आयोगका समितीमा भने अन्तरघात गर्ने,गूट र उपगूट गर्ने भित्रका सदस्य नै रहने सम्भावनाले छानविनमा कठिनाई हूने एक नेताले जनाएका छन ।

तपाइको प्रतिक्रिया