तेक्वान्दोको ४४ वर्षीय भण्डारीले फाइटमा प्रतिस्पर्धा

२०७४ असार २९ गते ११:०६ मा प्रकाशित

40 years PREAM bhandariकाठमाडौं २९ असार । तेक्वान्दोका ४४ वर्षीय प्रेम भण्डारीले दक्षिण कोरियामा हुने ११औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा फाइटतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् ।

दक्षिण कोरियाको मुजु सहरमा जुलाई १३–१५ सम्म हुने फाइटतर्फको ८० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो कार्यसमितिका सचिवसमेत रहेका भण्डारीले सिओलमा हुने हाङ्मदाङ तेक्वान्दो च्याम्पियनसिपमा ब्रेकिङ र गु्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै २७ जुलाइदेखि १ अगस्टसम्म हुने च्याम्पियनसिपमा भण्डारीले ब्रेकिङतर्फ भेट्रान्समा प्रतिस्पर्धा गर्न लागेका हुन् । मुजुमा तेक्वान्दोका अर्का प्रशिक्षक नोर्बु लामाले ४० वर्षमाथिको पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले बुधबार राती कोरिया प्रस्थान गरेका छन् ।

तपाइको प्रतिक्रिया