मिलन र सुजना अग्रस्थानमा

२०७४ साउन २ गते ९:२५ मा प्रकाशित
सौर्य समाचार

7ललितपुर २ साउन । चौथो युवा तथा भेट्रान चेस प्रतियोगिताको यु–१९ खुलामा गोल्डेनगेट चेस क्लबका सिएम मिलन लामा, सेन्टजेभियर्सका सुसन गौतम, डाइनामिक चेस एकडेमीका सुसन आचार्य र जेनस श्रेष्ठ ३ अंकसहित शीर्ष स्थानमा रहेका छन् । तेस्रो चरणमा मिलनले प्रसान्त गौतम र सुसनले आयुषमान रौनियारलाई हराए ।  तेस्रो चरणमा सुसनले रामकुमार स्याङतान र जेनसले सञ्जीव बस्याललाई हराए । यू–१९ महिलामा गोल्डेनगेटकै २ खेलाडी डब्लुएफएम सुजना लोहनी र डब्लु सिएम सुरुची थिङको समान ३ अंक छ । यी २ बीच हुने अन्तिम चरणको खेलले उपाधि टुंगो लाग्नेछ ।

त्यस्तै महिला यू–१५ स्पर्धामा डाइनामिक चेस एकडेमीकी कृपा अधिकारी ४ अंकसहित शीर्ष स्थानमा रहँदा स्नेहा यादवले ३ अंक जोडेकी छन् । भेट्रान स्पर्धामा साविक विजेता जनार्दन श्रेष्ठ र रविन्द्र शाक्य ३ अंकसहित शीर्ष स्थानमा छन् । तेस्रो चरणमा जनार्दनले सुजेन्द्र श्रेष्ठ र रविन्द्रले पुन्यमान कमाचार्यलाई हराए । यु–१५ खुलामा ४ चरणको समाप्तीमा अन्नपूर्ण उच्चमाविका मोहम्मद अदनान अदिल र भक्तपुरका निकेन कुसाथा ४ अंकसहित शीर्ष स्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया