म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक

मा प्रकाशित

Ujan 1काठमाडौं २ साउन । झापा घर भई हाल राजधानी बसेर गायनमा संघर्षरत युवा गायक उजन नेम्वाङको नयाँ म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ । ‘गौरदहको बजारैमा’, ‘पोखराको तालैमा’ जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक नेम्वाङले उक्त गीत ढाका टोपी नेपाल नामक युट्युब च्यानलको निर्माणमा सोही च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा राजुबाबु श्रेष्ठको शब्द, ताङसाङ नेम्वाङको संगीत रहेको उक्त गीतलाई बंगलादेशी चर्चित गीतारवादक तथा अरेन्जर अभिजित चक्रवर्तीले अरेन्ज गीतार वर्क गरेका छन ।

गायक उजनले निर्देशन गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवारभित्र घटिरहेका विसंगतिलाई समेटेर सानो सन्देश दिने कोसिस गरेको उनले जनाए ।मोडलद्वय प्रिया रानी लामा, दृश्य सुवेदी र रवि शर्माको अभिनय रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ । भिडियोको छायांकन हेल्पिङ हेल्थ पोलिक्लिनिक मैतिदेवी, मेट्रो लन्च एन्ड बार बागबजार र कपन भिलेज रिसोर्टमा गरिएको छ ।

तपाइको प्रतिक्रिया