करिश्मा र गौरीको अभिनयको ३० वर्ष

मा प्रकाशित

Karishma Manandhar with Gauri Mallaकाठमाडौं ३ साउन । नेपाली चलचित्रमा अभिनय गर्ने नायिकाहरूको अभिनय आयु खासै हुँदैन । भएमा बढीमा १० वर्ष या बढीमा १५ वर्ष भनिरहेको अवस्थामा दुई नायिका गौरी मल्ल र करिश्मा मानन्धरको अभिनय यात्राले यो वर्षबाट तीस वर्ष पूरा गरेको छ ।  विं.सं.२०४२ सालमा निर्माण भएको व्यावसायीका चलचित्र सन्तानबाट नेपाली सिने रजतपटमा एकसाथ आएकी गौरी र करिश्मा यतिखेर करिश्माले निर्माण गरेको चलचित्र फागुमा एकसाथ देखा परेका छन् । दुवैको नेपाली चलचित्रमा बेग्लै गरिमा र महत्व देखिएको छ । गौरीलाई अभिनयको रानी तथा करिश्मालाई ग्लेमरको खानीको रूपमा इंगित गर्ने गरेको पाइन्छ ।  गौरीको अभिनय पहिलो चलचित्र सन्तानबाटै कलात्मकता देखिएको थियो भने, करिश्माको अत्यन्त ग्लामर तथा हट शैली । यी भिन्न शैली तथा स्टाइलमा अग्रपंक्तिमा देखा पर्दैै विभिन्न कालखण्ड पार गर्दै तीस वर्षको यात्रामा दुवै एक साथ देखिनु र पाइनुलाई गौरवताको महसुस दुवैले गरेका छन् ।

हुन त उमेरको ग्लामर पैतीस प्लस भएपछि देखिन्छ भन्ने विश्वव्यापी आम मान्यता रहेको छ। त्यस मान्यतामा यी दुवै नायिका देखिएका छन् । नयाँ पुस्ताका नायिकाहरूको आमा नायिकाको रूपमा प्रस्तुत हुँदा पनि अझै नायिका बन्न नपुगेका नायिका जस्ता देखिनुलाई नेपाली चलचित्रको अभिनय यात्रामा रहेका यी दुई नायिकाको मिहिनेत, निरन्तरता र लगनशिलतालाई तारिफ गर्न लायककै छ ।  दुवैले प्रेम विवाह गरेको भए तापनि आफू सरहको राजन भण्डारीसँगको प्रेम विवाह गौरीको सफल हुन सकेन । आफूभन्दा पाको उमेरका विनोद मानन्धरसँग प्रेम विवाह गरेका करिश्माको भने हालसम्मको मितिसम्म दरिलो बनेको छ । तीस वर्षको यात्रामा केही वर्ष दुवैको अमेरिका बास भयो भने, त्यसपछि दुवै नेपाल रिटर्न भए।

नेपालकै माटोमा रमेका छन् । नेपाल नै प्यारो भनेर बसे । करिश्मा बलबुताले चलचित्रको निर्मातासमेत बनेकी छन् । निर्माणाधीन चलचित्र फागुसमेत तीन चलचित्र निर्माण गरिसकेकी छन् । गौरीको हकमा चलचित्र निर्माताभन्दा निर्देशक बन्ने सोच भए तापनि पूर्ण निर्देशक भएर अगाडि देखा परेकी छैनन् । कुनैबेला गौरीको अगाडि करिश्मा राम्री भन्नेहरू उमेरको उकालोमा आएर करिश्मा अगाडि गौरी पनि गजबकै देखिएकी छन् भन्नेहरूको पनि कमी देखिँदैनन् । यी लम्बे दौडका घोडाजस्ता देखिएका गौरी र करिश्माको कथाबाट नेपाली चलचित्रका मौजुदा तथा नवप्रवेशी नायिकाहरूले धेरै सिक्नुपर्ने आवश्यकता देखिन्छ ।

तपाइको प्रतिक्रिया