सञ्चिताको सुन्दरताको रहस्य

२०७४ साउन २ गते ९:४५ मा प्रकाशित

sanchita_luitel-pnpकाठमाडौं २ साउन। नेपाली चलचित्र उद्योगमा नायिका करिश्मा मानन्धरपछि सुन्दरी नायिकाको रूपमा लिएकी सञ्चिता लुइँटेल दुई सन्तानकी आमा भएपछि पनि त्यतिकै सुन्दरी देखिएकी छन् । पहिलो विवाह आकाश साहसँग असफल भएपछि एक्सन नायक निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी सञ्चिताको ग्लायामरमा कमी आएको पाइँदैन । पहिलो छोरो पाएको वर्ष दिन नपुग्दै अर्की छोरी पाएर सन्तानको मामिलामा ढुक्क बनेकी सञ्चिता समयमै सन्तान पाएपछि चाँडै बुढ्यौलीले नछुने अनुभव आफूलाई भएको भनेकी छन् । दुई सन्तान हुर्केयता नेपाली चलचित्र उद्योगमा कमब्याक गरेकी सञ्चिताले चलचित्र नाइँ नभन्नु ल–३ मा राम्रो अभिनय गरेर पुरानो छविलाई कायमै गरेकी छन् ।
हाल त्यति चलचित्र नबनिरहेको अवस्थामा चलचित्रको कार्यमा भन्दा विभिन्न गीतका भिडियोमा अभिनय गर्ने कार्य उनीबाट भइरहेको छ । कलाकारका लागि चलचित्र तथा गीतका भिडियो दुवै उस्तै हुने गरेको तर, फरक भनेको टाइम मात्र हो भनेर उनले भनेकी छन् ।  गीतको भिडियोमा बढीमा दुई दिन दिए पुग्छ र चलचित्रको काममा महिनांै दिन लाग्ने गरेको भन्ने उनी बच्चाको आमा भएकोले चलचित्रमा भन्दा गीतको भिडियोमा काम गर्न सजिलो भएको बताउँछिन् । कम समय काम गरेर पनि राम्रो कमाइको क्षेत्र भएकोले हाल गीतको भिडियोमा नै व्यस्त बनिरहेको उनले भनेकी छन् ।

तपाइको प्रतिक्रिया