कुमारी बैंकको सिइओ भण्डारीद्वारा पदभार ग्रहण

मा प्रकाशित

kumari bank surendra bhandari

काठमाडौं २ साउन । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा सुरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । गत जेठमा बैंक सञ्चालक समितिले आगामी ४ वर्षका लागि उनलाई बैंकको सिइओमा नियुक्त गरेको हो । नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रूपमा लामो समयदेखि कार्र्यरत सफल बैंकरको रूपमा परिचित भण्डारीलाई बैंकले आफ्नो स्थापनाकालमा पनि सिइओको जिम्मेवारी दिएको थियो । उनको लामो बैंकिङ क्षेत्रको अनुभव एवं विज्ञताले बैंकलाई थप उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया