ग्लोबल आइएमई बैंकबाट राजस्व संकलन

२०७४ साउन २ गते ९:५७ मा प्रकाशित

global-ime-bankकाठमाडौं २ साउन । ग्लोबल आइएमई बैंकले चालु आवदेखि ४ वटा आन्तरिक राजस्व कार्यालय, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजस्व संकलन सेवा सुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउन्टर स्थापना गरी राजस्व संकलन सुरुआत गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चलको पोखरा, कोसी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजस्व संकलन गरिरहेको छ ।
बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगललगायत सरकारी कार्यालयमा पनि राजस्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । देशका हरेक क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले आफ्ना १ सय १२ शाखा, १ सय १४ एटिएम, ५ वटा एक्सटेन्सन काउन्टर, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया