रोटरी क्लब अफ काठमाडौं मिड टाउनमा नयाँ बोर्ड

२०७४ साउन २ गते १०:०१ मा प्रकाशित

Rotary culbकाठमाडौं २ साउन । रोटरी क्लब अफ काठमाडौं मिड टाउनले आर्थिक वर्ष सन २०१७÷१८ का लागि नयाँ बोर्ड सदस्य चयन गरेको छ । यो सम्मेलन डिस्ट्रिक्ट गर्भनर रोटरियन सञ्जय गिरीको प्रमुख आथित्यतामा आयोजना भएको थियो । क्लबका निवर्तमान अध्यक्ष योजना आयोगका पूर्वअध्यक्ष डा.शंकर शर्माले आगामी कार्यकालका लागि अध्यक्षको पिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य पूर्वडिस्ट्रिक्ट गर्भनर तथा डिस्ट्रिक्ट अधिकारीहरू पनि उपस्थित रहेका थिए । बोर्डले रोटरियन भाइराजा पाण्डेलाई क्लबको नयाँ अध्यक्षको रूपमा चयन गरेको छ । क्लबका नवनिर्वाचित अध्यक्ष रोटरियन भाइराजा पाण्डेले, सदस्यहरूको गुणस्तर, कार्यक्रमहरूको योगदान र रोटरी फाउन्डेसनको कार्यहरूलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुखअतिथि डिस्ट्रिक्ट गभर्नर रोटरियन सञ्जय गिरीले सबै रोटरियनहरूलाई रोटरीको प्रवद्र्धन तथा यसको लक्ष्यलाई सबै संभावित माध्यमबाट प्रवद्र्धन गर्न आग्रह गर्दै रोटरीहरूको गतिविधिहरू तथा सेवाहरूको बारेमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्न आग्रह गरे । २८ वर्ष पुरानो रोटरी क्लब अफ काठमाडौं मिडटाउन धेरै किसिमका सामाजिक कार्यहरू तथा च्यारिटी उन्मुख कार्यक्रमहरूमा आवद्ध हुँदै आएको छ । यस्ले अन्तर्राष्ट्रिय सामाजिक वेलफेयर संस्थासँगको सहकार्यमा आयोजना गरिरहेको छ । क्लबले ५१ वटा संसारभरका रोटरी क्लबसँग साथमा नेपालभर भूकम्प पुनस्र्थापना सहायताको क्षेत्रमा प्रभावित मानिसहरूलाई सेवा पु¥याइरहेको बताएको छ ।

उनीहरूले त्रिपाल तथा जस्तापाता भूकम्प गएपछि तत्काल प्रदान गरेका थिए । विद्यालय कक्षा कोठाहरू, शौचायलहरू, तथा अतिरिक्त जीवनयापनका विकल्पहरू दीर्घकालीन रूपमा सञ्चालन गरिरहेका छन् । यो क्लबले आरसी ओडमेल्ड्रम, स्कटल्यान्डको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको इर्कु, कदमबास तथा साँगाचोकका विद्यालयमा अध्यापन सुधार तथा शिक्षाको गुणस्तर सुधार गर्न सहयोग गरिरहेको छ । क्लबले रोटरी क्लब अफ पोटोम्याक बेथेस्डाको सहयोगमा कान सुन्ने क्षमता गुमाएका नेपाली बालबालिकाहरूलाई आवश्यक उपचारका साथै सर्जिकल उपकरणहरू, बालबालिकाहरूको कानको शल्यक्रिया गर्न सहयोग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया