हाम्रो हस्पिटल मोबाइल एप्प संचालनमा

मा प्रकाशित

hamro hospital copyकाठमाडौं २ साउन । बिटेक सलुसनप्रालिले हाम्रो हस्पिटल एप्प २०७२ मा सञ्चालनमा ल्याएको । ॐ हस्पिटलमा परीक्षणकाल सुरु भई हाल निरन्तर सेवाप्रदान भइरहेको बिटेकले जनाएको छ । यसको विशेषता भनेको अस्पताल र डाक्टरको जानकारी प्रयोगकर्ताले सजिलै पाउने रहेको छ । यस एपबाट नजिकको अस्पताल खोजी डाक्टरसँग एपोइन्टमेन्ट लिने सुविधा रहेको छ ।

एपोइन्टमेन्ट लिइसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एपले दिने गरको छ । साथसाथै औषधि खाने समयको अलार्म एपमा रहेको छ ।  नया आर्थिक वर्षदेखि यस एपले नयाँ संस्करण ल्याएको हो । यसमा अझै बढी सुविधा र विषेशता समावेश गरिएको छ ।

स्वास्थ्यसम्बन्धी लेख, समाचार, टिप्स एवं अन्य महत्वपूर्ण गतिविधि पनि यस एपमा समावेश गरी वेबसाइटको नयाँ संस्करण सुरु गरिएको छ ।प्रयोगकर्ताको सहज उपयोगितालाई ध्यानमा राखी समय अनुकूल मोबाइल एपको नयाँसंस्करण गरिएको हो ।

कम्पनीको अनुसार हाम्रो हस्पिटल एप अझ सरल एवं अति उपयोगी हुने हुँदा  सर्वसाधरणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ । हाम्रो हस्पिटल एपको मुख्य उद्देश्य भनेको प्रयोगकर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ ।

तपाइको प्रतिक्रिया